औषधीय गुण भएको बेलको रस, बिक्री नहुँदा उद्योग नै बन्द हुने अवस्थामा « Khabarhub

औषधीय गुण भएको बेलको रस, बिक्री नहुँदा उद्योग नै बन्द हुने अवस्थामा


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– बेल आफैंमा एक औषधीय गुण भएको फल हो । मधुमेह, र मुटु रोगीका लागि बेलको रस (जुस) निकै उपयोगी मानिन्छ ।

बेलको रसले पखाला, आउँ, ग्यास्ट्रिक, कब्जियत हुनबाट समेत बचाउनुका साथै रोग प्रतिरोधात्मक शक्ति बढाउने चिकित्सकहरु नै बताउँछन् ।

तर, कैलालीमा सञ्चालित बेलको रस (जुस) उत्पादन गर्ने उद्योग भने उत्पादित रस बिक्री नभएर बन्द हुने अवस्थामा पुगेको छ ।

बजारमा बेलको जुसको माग बढ्दै गएपछि कैलालीको भजनी नगरपालिका–१ मा उक्त उद्योग सञ्चालनमा ल्याइएको थियो ।

वन संरक्षण बहुउद्देश्यीय सहकारी संस्थाले २०७१ सालमा सञ्चालनमा ल्याएको सो उद्योगले उत्पादन गरेको बेलको रस अहिले भने बिक्री हुन छाडेको छ ।

दुई वर्षअघिसम्म काठमाडौंका ठूल्ठूला डिपार्टमेन्ट स्टोरमा समेत उपलब्ध हुने बेल रस यतिबेला भने स्थानीय बजारमा समेत बिक्री हुन छोडेको उद्योगका कर्मचारीको भनाइ छ ।

बेल रसले केही वर्ष नेपालगञ्ज, धनगढी, कोहलपुरका साथै भजनी आसपासका टीकापुर, लम्की, सुखड लगायतका स्थानीय बजारमा समेत राम्रो पहुँच पाएको थियो । अहिले स्थानीय बजारमा समेत बेल रस भेटिन मुस्किल छ ।

उपभोक्ताले स्वदेशी उत्पादनभन्दा बाह्य कुरालाई उपभोग गर्ने गरेका कारण बेल रसको बजार खुम्चिएको वन संरक्षण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर शाहको भनाइ छ ।

‘धेरैले बेल रसको महत्व नै बुझेका छैनन्,’ शाह भन्छन्, ‘जब महत्व नै बुझेनन् भने बजारमा बिक्री हुने कुरै भएन ।’
अचेल औषधिका रुपमा प्रयोग गर्ने केही सीमित व्यक्तिहरुले मात्रै बेल रस उपभोग गर्दै आएका अध्यक्ष शाहले बताए । उनीहरु उद्योगमै पुगेर आवश्यकताअनुसार खरीद गरेर लैजाने गर्छन् ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  २ : ४२ बजे

स्विट्जरल्यान्डलाई घर पठाउँदा अर्जेन्टिनाले बनायो अनेक कीर्तिमान

कन्सास सिटी– अर्जेन्टिना विश्वकप इतिहासमा एउटै संस्करणका दुई फरक खेलमा

ओमान, बहराइन र जोर्डनमाथि एकसाथ इरानको आक्रमण

तेहरान- इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावबीच पछिल्लो पटक ओमान

सरकारविरुद्ध बोल्ने डरले प्रसाईंमाथि लगाम, प्रहरी लगाएर सिधै घरमा पुर्‍याइयो

काठमाडौं- विरोधमा बोल्ने डरले सरकारले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड 

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन

अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी

वाशिङ्टन– अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण