कंगना भन्छिन्, ‘आइरन म्यान कर्णबाट प्रेरित हुन्’ « Khabarhub

कंगना भन्छिन्, ‘आइरन म्यान कर्णबाट प्रेरित हुन्’


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेत्री कंगना रनौतले हलिउड फिल्महरू प्राचिन धर्मशास्त्रबाट लिइएको दाबी गरेकी छिन् ।

आफ्नो अभिव्यक्तिका कारण विवादमा आइरहने यी अभिनेत्रीले आफ्नो फिल्मको प्रचारप्रसारकै क्रममा हलिउडका सुपरहिरो फिल्म हिन्दू धर्मशास्त्रबाट प्रेरित रहेको बताएकी हुन् । उनले यसो भनेसँगै यतिबेला यसले सामाजिक सञ्जालमा ‘बहस’ को स्थान पाएको छ । उनले हलिउड सुपरहिरो र पौराणिक हिरोमा थुप्रै समानता भेट्न सकिने बताएकी हुन् ।

आइरन म्यान कर्णबाट प्रेरित, थोर हनुमानसँग प्रेरित रहेको उनले बताएकी हुन् । ‘आइरनमेनको कवच जुन छ त्यो कर्णबाट प्रेरित देखिन्छ । कर्णले पनि सुरक्षाका लागि त्यस्तै कवच धारण गर्ने गरेको हामीले पढेका छौँ,’ उनले भनेकी छिन्, ‘थोर र उसको हथौडालाई हनुमानको गदासँग तुलना गर्न सकिन्छ ।’ उनी अभिनित फिल्म ‘धाकड’ आउँदो मे २० मा रिलिज हुँदैछ ।

फिल्ममा उनी एक्सन अवतारमा प्रस्तुत छिन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : ४८ बजे

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर– बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन

विश्वकपको पुरस्कार राशि बढ्यो : विश्व विजेताले कति रकम पाउँछ ?

काठमाडौं – विश्वकप फुटबलको पुरस्कार राशि बढेको छ। फिफाले अमेरिका,