डिभोर्स गर्दै सोहेल र सीमा « Khabarhub

डिभोर्स गर्दै सोहेल र सीमा


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता सोहेल खानको डिभोर्स हुने भएको छ । उनले श्रीमती सीमा खानसँग विवाहको २४ वर्षपछि अलग हुने निर्णय गरेका हुन् ।

शुक्रबार उनीहरु मुम्बईको फेमिली कोर्टमा एकसाथ देखिएका थिए । कोर्टमा डिभोर्सको फाइल दर्ता गरेपछि उनीहरु आ–आफ्नो गाडीमा चढेर घर निस्किएको भारतीय मिडियामा उल्लेख छ । सोहेल र सीमाले सन् १९९८ मा भागी विवाह गरेका थिए । सीमा दिल्लीवासी हुन् भने फेसन डिजाइनमा करिअर बनाउने सपना बोकेर उनी मुम्बईमा आएकी थिइन् । त्यसै क्रममा सोहेलसँग उनको चिनजान भएको थियो ।

सीमासँग प्रेममा रहेका सोहेलसँगको सम्बन्ध सीमाको परिवारले स्वीकार गर्न तयार नभएपछि उनीहरुले भागी विवाह गरेका थिए । सोहेलको फिल्म ‘प्यार किया तो डरना क्या’ जुन दिन रिलिज भएको थियो, त्यही दिन उनले मुम्बईको मन्दिरमा सीमासँग बिहे गरेका थिए । यो जोडीको दुई छोरा छन्, निर्वाण खान र योहान खान । मिडियामा डिभोर्स सम्बन्धि खबर आएता पनि सोहेल र सीमाले डिभोर्सको विषयमा आधिकारिक भनाई सार्वजनिक गरिसकेका छैनन् । तर, उनीहरुबीच केही समयदेखि खासै राम्रो सम्बन्ध नभएको बताइन्छ ।

सोहेल अगाडि उनका दाइ अरबाज खानले पनि मलाइका अरोरासँग डिभोर्स गरिसकेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : २७ बजे

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर– बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन

विश्वकपको पुरस्कार राशि बढ्यो : विश्व विजेताले कति रकम पाउँछ ?

काठमाडौं – विश्वकप फुटबलको पुरस्कार राशि बढेको छ। फिफाले अमेरिका,