डिभोर्स गर्दै सोहेल र सीमा « Khabarhub

डिभोर्स गर्दै सोहेल र सीमा


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता सोहेल खानको डिभोर्स हुने भएको छ । उनले श्रीमती सीमा खानसँग विवाहको २४ वर्षपछि अलग हुने निर्णय गरेका हुन् ।

शुक्रबार उनीहरु मुम्बईको फेमिली कोर्टमा एकसाथ देखिएका थिए । कोर्टमा डिभोर्सको फाइल दर्ता गरेपछि उनीहरु आ–आफ्नो गाडीमा चढेर घर निस्किएको भारतीय मिडियामा उल्लेख छ । सोहेल र सीमाले सन् १९९८ मा भागी विवाह गरेका थिए । सीमा दिल्लीवासी हुन् भने फेसन डिजाइनमा करिअर बनाउने सपना बोकेर उनी मुम्बईमा आएकी थिइन् । त्यसै क्रममा सोहेलसँग उनको चिनजान भएको थियो ।

सीमासँग प्रेममा रहेका सोहेलसँगको सम्बन्ध सीमाको परिवारले स्वीकार गर्न तयार नभएपछि उनीहरुले भागी विवाह गरेका थिए । सोहेलको फिल्म ‘प्यार किया तो डरना क्या’ जुन दिन रिलिज भएको थियो, त्यही दिन उनले मुम्बईको मन्दिरमा सीमासँग बिहे गरेका थिए । यो जोडीको दुई छोरा छन्, निर्वाण खान र योहान खान । मिडियामा डिभोर्स सम्बन्धि खबर आएता पनि सोहेल र सीमाले डिभोर्सको विषयमा आधिकारिक भनाई सार्वजनिक गरिसकेका छैनन् । तर, उनीहरुबीच केही समयदेखि खासै राम्रो सम्बन्ध नभएको बताइन्छ ।

सोहेल अगाडि उनका दाइ अरबाज खानले पनि मलाइका अरोरासँग डिभोर्स गरिसकेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : २७ बजे

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)