२४ घण्टामा भारतमा २ हजार ८ सय कोरोना सङ्क्रमित थपिए | Khabarhub Khabarhub

२४ घण्टामा भारतमा २ हजार ८ सय कोरोना सङ्क्रमित थपिए


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

यससँगै भारतमा कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख १९ हजार ११२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरसको सङ्क्रमण बढ्दै जान थालेको थियो । यद्यपी गत मङ्गलबारबाट कोरोना भाइरसका संक्रमितको सङ्ख्यामा केही कमी आएको देखिएको छ ।

यसका साथै भारतमा २४ घण्टाको समयमा महामारीका कारण थप ११ जनाको मृत्यु भएको जनाइएको छ ।  यससँगै देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ५ लाख २४ हजार २ सय १ पुगेको छ ।

भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १८ हजार ९६ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । चौबीस घण्टाको समयावधीमा ३ हजार ३ सय ५५ कोरोना संक्रमित निको भएका छन् ।

यसैसँगै भारतमा हालसम्म ४ करोड २५ लाख ७६ हजार ८ सय १५ जनालाई कोरोना सङ्क्रमण निको भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : ५९ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक १९ गते बुधवार। कात्तिक

आज २०८२ साल कात्तिक १९ गते बुधवारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १९ गते बुधवार। कात्तिक

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा