२४ घण्टामा भारतमा २ हजार ८ सय कोरोना सङ्क्रमित थपिए « Khabarhub

२४ घण्टामा भारतमा २ हजार ८ सय कोरोना सङ्क्रमित थपिए


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

यससँगै भारतमा कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख १९ हजार ११२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरसको सङ्क्रमण बढ्दै जान थालेको थियो । यद्यपी गत मङ्गलबारबाट कोरोना भाइरसका संक्रमितको सङ्ख्यामा केही कमी आएको देखिएको छ ।

यसका साथै भारतमा २४ घण्टाको समयमा महामारीका कारण थप ११ जनाको मृत्यु भएको जनाइएको छ ।  यससँगै देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ५ लाख २४ हजार २ सय १ पुगेको छ ।

भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १८ हजार ९६ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । चौबीस घण्टाको समयावधीमा ३ हजार ३ सय ५५ कोरोना संक्रमित निको भएका छन् ।

यसैसँगै भारतमा हालसम्म ४ करोड २५ लाख ७६ हजार ८ सय १५ जनालाई कोरोना सङ्क्रमण निको भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : ५९ बजे

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको