दोस्रो प्रयासमा सफल भएकी माधुरी  « Khabarhub

दोस्रो प्रयासमा सफल भएकी माधुरी 


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् १९६७ को मे १५ मा महाराष्ट्रमा जन्मिएकी माधुरी दीक्षित अहिले परिचित नाम बनिसकेकी छिन् । बलिउडमा ‘धकधक गर्ल’ भनेर समेत चिनिने माधुरीले आज ५४ वर्ष पुरा गरेर ५५ वर्षमा प्रवेश गरेकी छिन् । अहिले पनि उनको सुन्दरताको चर्चा उत्तिकै हुने गर्छ । यी सुन्दरी पछिल्लो समय फिल्मसँगै वेब सिरिजमा समेत अभिनय गरिरहेकी छिन् । माधुरीलाई नृत्यमा निपुण पनि भनिन्छ । उनले गर्ने नृत्य र त्यसमा दिने एक्सप्रेसनले दर्शक मोहित हुने गर्छन् । फिल्म ‘तेजाब’ को गीत ‘एक दो तिन चार पाँच छे’ मार्फत स्थापित भएकी माधुरीको सुन्दरतासँगै सक्रियता को पनि चर्चा हुने गर्छ ।

स्कुल र कजेल लाइफमा कहिले कँही स्टेजमा देखिएको माधुरीले कत्थक नृत्य गर्छु भन्ने सोचेकी थिइन् । माक्रोबायोलोगी अध्ययन गर्ने तयारीमा रहेकी माधुरीलाई १२ कक्षामै ‘अबोध’ नामक फिल्म अफर भयो । तर, उनको परिवार भने फिल्म खेलाउने मनसायमा थिएनन् । यसैबीच एकपटक अफर गरिएको प्रोडक्सन हाउस राजश्रीमा जाने निर्णय परिवारले गर्‍यो । उनलाई राजश्री प्रोडक्सनमा काम गर्ने गोविन्द मुनेशले फिल्म अफर गरेका थिए । गोविन्दको छोरी र माधुरीको दिदीसँगै पढ्ने भएकोले राजश्रीसम्म कुरा पुगेको थियो । ‘त्यो समयमा राजश्रीले कलेज गर्ल खोजेको रहेछ । त्यसैले मुनेशजीले मलाई अफर गर्नुभयो । उहाँले एक पटक भेट्न कर गरेपछि हामी सपरिवार भेट्न पुग्यौँ’ माधुरीले भनिन् ।

राजश्री प्रोडक्सनमा माधुरी र उनको परिवारलाई पारिवारिक माहोल लाग्यो । त्यसपछि फिल्ममा काम गर्ने सहमति जुट्यो । यद्यपि ‘अबोध’ फिल्म सफल हुन् सकेन, नत माधुरीलाई चिनाउनै सक्यो । उनलाई चिनाउने गीत ‘तेजाब’ कै एक दो तीन थियो । त्यो फिल्म रिलिजपछि उनले एअरपोर्टमा पहिलोपटक अटोग्राफ दिएकी थिइन् । तर, सुरुवाती समयमा त्यो गीत उनलाई खासै राम्रो लागेको थिएन ।

‘सबैलाई गीत मन परेको थियो । यद्यपि म भने त्यो नम्बर भाको गीत किन राखेको होला भन्ने सोच्दै थिए’ माधुरीले भनिन् । उनले गीतकै लागि कोरियोग्राफर सरोज खानसँग एक महिना प्रशिक्षण लिइन् । नृत्यमा राम्रो भएपनि क्यामरा अनुसारको नृत्यको लागि उनले एक महिना सिकेकी थिइन् । ‘त्यही प्राक्टिसको क्रममा मैंले क्यामेरासँग फ्रेन्डली हुन् सिकेँ’ उनले भनिन् । त्यसपछि उनले लगातार फिल्म गरिन् । एकपछि अर्को फिल्म मार्फत उनले आफूलाई सफल बनाउँदै अगाडि बढिन् । यही रफ्तार अहिलेसम्म कायम छ । उनले फिल्म , विज्ञापन , टेलिभिजन शो र वेब सिरिजमा समय दिइरहेकी छिन् । केही समय अभिनयबाट टाढिएकी माधुरीको बढ्दो सक्रियताले उनको फ्यान पनि उत्साहित छन् । 

उनले टेलिभिजनमा रियालिटी शो मार्फत आफ्नो अनुभव साट्ने गरेकी छिन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ४ : ०६ बजे

२६ दिनमा सोनम वाङ्चुकले तोडे अनसन, पेपर लिकविरुद्ध कडा विधेयक ल्याउने मोदीको घोषणा

काठमाडौँ – भारतमा प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणलाई लिएर विगत

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ)र अवैधानिक वित्तीय कारोबार

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

काठमाडौं– नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर

भारतीको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

काठमाडौँ – नेपाली चलचित्रका चर्चित अभिनेता नाजिर हुसेनले दिल्लीस्थित इन्दिरा

ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ

काठमाडौं– नेपालको ऊर्जा क्षेत्रको नियामक निकायका रूपमा स्थापित विद्युत् नियमन