लुम्बिनी विकास बैंकले ७ प्रतिशत बोनस दिने « Khabarhub

लुम्बिनी विकास बैंकले ७ प्रतिशत बोनस दिने


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी विकास बैंकले शेयरधनीलाई ७ प्रतिशत बोनस दिने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराका अनुसार आइतबार बसेको ४९१ औँ सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७ प्रतिशत बोनस दिने निर्णय भएको हो ।

कम्पनीले चुक्ता पुँजीको १४ करोड ७ लाख २५ हजार रुपैयाँ बराबर हुने ४ प्रतिशत नगद लाभांश र १० करोड ५५ लाख ४४ हजार रुपैयाँ बराबर हुने ३ प्रतिशत बोनस शेयर दिने भएको हो ।

उक्त बोनस पारित गर्ने कम्पनीले पुस २९ गते सोमबार बिहान साढे १० देखि अमृभोग, कालिकास्थान, काठमाडौंमा साधारणसभा गर्ने भएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिनको लागि बुक क्लोग गर्ने भएको छ । पुस १८ गतेसम्म कायम रहेका शेयर धनीले मात्र कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश पाउने छन् ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  १२ : ४६ बजे

बल्खुको तरकारी बजार प्रवेश गर्न लाग्यो बागमती

काठमाडौं– बागमती नदीको प्रवाह बढेपछी बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा

मानव जीवनको मर्यादा सम्मान गर्न आह्वान गर्दै पोप लियोको फ्रान्स भ्रमण

भ्याटिकन सिटी- पोप लियो चौधौँ सप्ताहन्त भ्रमणका लागि फ्रान्स जाँदै

वर्षाका कारण ल्याण्डफिल साइट प्रभावित, महानगरले भन्यो ‘घरको फोहोर बाहिर ननिकाल्नु’ 

काठमाडौं– अविरल वर्षाका कारण ल्याण्डफिल साइटतर्फ जाने सडक प्रभावित भएपछि

पश्चिमी नेपालतर्फ सर्दै न्यूनचापीय प्रणाली : आगामी २-३ दिन उच्च सतर्कता अपनाउन विभागको अपिल

काठमाडौं– बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीका कारण विगत दुई दिनदेखि

काठमाडौं तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

दमौली– तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुर जाने सडकखण्डमा पहिरोका