८३ स्थानीय तहको मतपरिणाम आउँदा कुन दलको अवस्था कस्तो ? | Khabarhub Khabarhub

८३ स्थानीय तहको मतपरिणाम आउँदा कुन दलको अवस्था कस्तो ?


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्थानीय तहको निर्वाचन अन्तर्गत ८३ स्थानीय तहको प्रमुख पदको मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ।

सोमबार बिहान आठ बजेसम्म प्राप्त पछिल्लो नतिजाअनुसार कांग्रेस ३२ वटा स्थानीय तहमा विजयी भएको छ भने एमालेले २९ स्थानीय तहमा विजयी भएको छ। अहिलेसम्म २५९ स्थानीय तहमा कांग्रेस अगाडि छ भने १७० स्थानमा एमालेको अग्रता छ।

नेकपा (माओवादी केन्द्र)ले २० स्थानमा प्रमुख पदमा विजय प्राप्त गर्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले २ स्थानमा प्रमुख जितेको छ।

माओवादीले १ सय ६ स्थानीय तहमा अग्रता लिएको छ भने एकीकृत समाजवादीले १८ ठाउँमा अग्रता लिएको छ।

त्यस्तै, अन्य पार्टीले भने अहिलेसम्म कुनै पनि स्थानमा जित निकाल्न सकेका छैनन्। जनता समाजवादी पार्टी नेपालले २८ स्थानीय तहमा अग्रता लिएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ११ स्थानमा अग्रता लिएको छ।

अन्य २५ स्थानीय तहमा स्वतन्त्र तथा अन्य पार्टीका उम्मेद्वारहरुले अग्रता लिएका छन्। देशभर मतगणना जारी छ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ७ : ५९ बजे

ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल

काठमाडौं– अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको पुनरोदयसँगै उदाएको दक्षिणपन्थी राजनीतिभित्रै

त्रिभुवन राजपथ दैनिक ४ घण्टा बन्द हुने

काठमाडौं– त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडक सोमबारदेखि दिउँसो चार घण्टा

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली