रहेनन् निर्देशक लामा  « Khabarhub

रहेनन् निर्देशक लामा 


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली फिल्म आदर्श नारीका निर्देशक हेम लामाको निधन भएको छ । 

अभिनेता तथा पाइलट विजय लामाका पितासमेत रहेका हेमको आइतबार मनमोहन अस्पतालमा निधन भएको हो ।

दुई हप्तादेखि काठमाडौँस्थित मनमोहन अस्पतालको सिसियूमा उपचारार्थ उनको आइतबार दिउँसो निधन भएको हो ।

आज सोमबार लामाको पार्थिव शरीरलाई उनकै निवास बालुवाटारमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। उनको बौद्ध धर्मअनुसार स्वयम्भूनाथ घाटमा दिउँसो ३ बजे अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।

लामाले पहिलो पटक फिल्म ‘आदर्श नारी’ को निर्माण तथा निर्देशन गरेका थिए । यो फिल्मले थुप्रै कलाकारलाई ब्रेक दिएको थियो ।

उनका छोरा विजय लामासँगै यही फिल्मबाट अभिनेत्री सन्नी रौनियार, हनी रौनियार, अंशुमाला शाही, मोहन निरौला, उज्जल घिमिरे, संगीतकार मदन परियारले आफ्नो करियरको सुरुवात गरेका थिए ।

फिल्ममा लामाकै कथा, पटकथा तथा संवाद रहेको थियो । २०७७ सालमा नेपाल चलचित्र निर्देशक समाजले लामालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो ।

विजय लामाले पितालाई सम्झँदै फेसबुकमा लेखेका छन्, ‘बाउ तिमी बिना मलाई बस्ने बानी छैन, तिम्रो यादले निक्कै सताउने छ तर मलाई विश्वास छ तिमी जहाँ छौ खुशी छौ र तिम्रो खुशी नै मेरो खुशी हुनेछ ।’

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १२ : ३९ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर