काठमाडौँमा कांग्रेसको खाता खुल्यो, दक्षिणकालीको मेयर उपमेयर दुवैमा विजयी « Khabarhub

काठमाडौँमा कांग्रेसको खाता खुल्यो, दक्षिणकालीको मेयर उपमेयर दुवैमा विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयरमा जित हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ ।

दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी भएका हुन् । बस्नेत विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी भएका थिए।

उनले सात हजार २०१ मत प्राप्त गरेका नगर निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका श्रीराम आचार्यले पाँच हजार १९२ मत पाएका छन्।

नगर उपप्रमुखमा पनि कांग्रेसकै वसन्ती डङ्गोल तामाङ विजयी भएकी छन् । उनी पनि यसअघिको निर्वाचनमा उपप्रमुख पदमा विजयी भएकी थिइन् । उपप्रमुख तामाङले सात हजार ६२३ मत प्राप्त गरेको नगर निर्वाचन कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका इन्दिरा न्यौपानेले चार हजार ८३० मत पाएकी छन्।

नौ वटा वडा रहेको नगरपालिकाको छ वटा वडामा कांग्रेसले जीत हासिल गरेको छ । कांग्रेसले २, ४, ५, ६, ८ र ९ नं. वडाका वडा अध्यक्ष विजयी गराउन सफल भएको छ ।

वडा नं १, ३ र ७ मा भने एमालेका वडा अध्यक्ष विजयी भएका छन् । नगरपालिकामा १७ हजार ९१६ मतदाता छन् । वैशाख ३० गतेको निर्वाचनमा १४ हजार ४८८ मत खसेको थियो । यो कुल मतदाताको ८०.८७ प्रतिशत भएको नगर निर्वाचन अधिकृत शर्माले जानकारी दिए।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १ : ०४ बजे

राजनीतिक व्यक्तित्व माथिको धरपकडले देशलाई अन्तर्द्वन्द्वतर्फ धकेल्न सक्छ : झलनाथ खनाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ

चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा

अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन

एजेन्सी– चीनले संयुक्त राज्य अमेरिका र इरानबीच सम्पन्न समझदारीपत्र (एमओयू)को

रास्वपाका दस्तावेजको सन्देश : वर्तमान शासन व्यवस्था नै हुन सक्छ ‘कोल्याप्स’ !

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चार दिनदेखि चितवनमा

भाइकिङ समाजको नयाँ रहस्य

एजेन्सी– डेनमार्कमा करिब एक हजार वर्ष पुरानो विशाल भाइकिङकालीन कपडा