स्थगित भयो ‘आईफा अवार्ड २०२२’ | Khabarhub Khabarhub

स्थगित भयो ‘आईफा अवार्ड २०२२’


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युएईको अबु धाबीमा २०–२१ मे २०२२ मा हुने भनिएको बलिउडको प्रतिष्ठित अवार्ड ‘आईफा अवार्ड २०२२’ संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको निधनका कारण स्थगित गरिएको हो ।

राष्ट्रपति शेखको शुक्रबार निधन भएको थियो । राष्ट्रपति शेखको निधनमा ४० दिने राष्ट्रिय बिदाको अलवा झण्डा आधा झुकाइएको छ ।राष्ट्रपति शेखको निधनको कारण युएईमा ४० दिने शोकको घोषणा गरिएपछि अवार्ड १४ देखि १६ जुलाईमा आयोजना हुने आयोजकले जनाएको छ । 

आईफा आइल्याण्डमा आयोजना गरिएको कार्यक्रम थियो । यस पटक अवार्डमा छायांकन, पटकथा, संवाद, सम्पादन, कोरियोग्राफी, साउन्ड डिजाइन, साउन्ड मिक्सिङ, ब्याकग्राउन्ड स्कोर र स्पेशल इफेक्ट (भिजुअल) गरी ९ विधा समावेश गरिएको छ । कार्यक्रम संस्कृति तथा पर्यटन विभाग –अबु धाबी (डीसीटी) को सहकार्यमा आयोजना हुन लागेको हो । 

बलिउड सुपरस्टार सलमान खान, रितेश देशमुख, मनीष पोल, रणवीर सिंह, कार्तिक आर्यन, सारा अली खान, वरुण धवन, अनन्या पाण्डे, दिव्या खोसला कुमार र नोरा फतेही कार्यक्रम सहभागी हुने तय भएको थियो ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १ : ३१ बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय