सर्लाहीको हरिपुरमा मेयरमा नेपाली कांग्रेसका पजियार निर्वाचित « Khabarhub

सर्लाहीको हरिपुरमा मेयरमा नेपाली कांग्रेसका पजियार निर्वाचित


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाहीको हरिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोपाल पजियार निर्वाचित भएका छन् ।

उनले ६ हजार ९ सय ३८ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार सुनिलकुमार बुढाथोकीले ३ हजार ८ सय ८७ मत प्राप्त गरे ।

त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकै निलम राय यादव ५ हजार ५ सय ५२ मत प्राप्त गरी निवार्चित भएकी छिन् । उनका निकटतम् प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार शिला कार्कीले ४ हजार ७६ मत प्राप्त गरे । हरिपुर नगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ७, ८ र ९ को मतगणना सम्पन्न हुँदा नै नेपाली कांग्रेसका मेयरका प्रत्यासी पजियारले जित्ने सुनिश्चित भइसकेको थियो ।

यस अघि नेपाली कांग्रेसबाट सर्लाहीमा धनकौल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा क्रमशः कांग्रेसका रामआश्रय साह र अकली सहनी विजयी भएका हुन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १ : ५९ बजे

दानव नदीमा अवैध उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा

भैरहवा– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा ओसारपसारमा

पाँच महिनाअगावै झोलुङ्गे पुल निर्माण सम्पन्न

गुल्मी– जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने झोलुङ्गे

जेनजी शहीद दीपकसिंह साउदको परिवारलाई रोजगारी

बैतडी– गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा शहादत

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौँ– विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा

बलिउड ग्ल्यामरका असफल सम्बन्ध : पर्दामा रोमान्स, जीवनमा विछोड ‌

बलिउड केवल ग्ल्यामर, चमक र रोमान्सको संसार मात्र होइन, यो