सर्लाहीको हरिपुरमा मेयरमा नेपाली कांग्रेसका पजियार निर्वाचित « Khabarhub

सर्लाहीको हरिपुरमा मेयरमा नेपाली कांग्रेसका पजियार निर्वाचित


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाहीको हरिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोपाल पजियार निर्वाचित भएका छन् ।

उनले ६ हजार ९ सय ३८ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार सुनिलकुमार बुढाथोकीले ३ हजार ८ सय ८७ मत प्राप्त गरे ।

त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकै निलम राय यादव ५ हजार ५ सय ५२ मत प्राप्त गरी निवार्चित भएकी छिन् । उनका निकटतम् प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार शिला कार्कीले ४ हजार ७६ मत प्राप्त गरे । हरिपुर नगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ७, ८ र ९ को मतगणना सम्पन्न हुँदा नै नेपाली कांग्रेसका मेयरका प्रत्यासी पजियारले जित्ने सुनिश्चित भइसकेको थियो ।

यस अघि नेपाली कांग्रेसबाट सर्लाहीमा धनकौल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा क्रमशः कांग्रेसका रामआश्रय साह र अकली सहनी विजयी भएका हुन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १ : ५९ बजे

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार