कीर्तिपुर नगरपालिकामा कांग्रेसको अग्रता « Khabarhub

कीर्तिपुर नगरपालिकामा कांग्रेसको अग्रता


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले छ हजार ८१० मत प्राप्त गरेका छन् । सोही पदमा नेकपा एमालेका केशरत्न बज्रचार्यले तीन हजार ७८२ मत प्राप्त गरे ।

उपप्रमुखमा जनता समाजवादी पार्टीका शुभलक्ष्मी शाक्यले छ हजार ३८४ प्राप्त गरे भने एमालेका बिन्दु महर्जनले चार हजार ९७१ मत प्राप्त गरेका छन् । दश वडा रहेको उक्त नगरपालिका– ४ मा स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारीले एक हजार ३८० मत ल्याएर निर्वाचित भए । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका राजेन्द्र बानियाँले एक हजार ५७ मत पाए ।

वडा नं ५ मा कांग्रेसका राजेन्द्रकुमार महर्जनले एक हजार ३४० मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका सुशील महर्जनले ७३१ मत प्राप्त गरे ।

वडा नं ६ मा कांग्रेसका खिरमान बस्नेतले एकहजार ३३३ मत प्राप्त गरी निर्वाचित भए भने उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी का सुशील डङ्गोलले ८७० मत प्राप्त गरेका थिए । वडा नं ७ मा कांग्रेसका दिवाकर शर्मा अधिकारीले ६८७ मत प्राप्त गरी निर्वाचित भए भने निकटतम प्रतिस्पर्धी एमालेका हरिबहादुर महर्जनले ३९२ मत प्राप्त गरेको निर्वाचन अधिकृत कमला घिमिरेले जानकारी दिए ।

अन्य वडाको मतगणना जारी छ । कूल तीस हजार ३२८ मतदाता भएको उक्त नगरपालिकामा २४ हजार ३२ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १ : ५५ बजे

सातजना जुवाडे पक्राउ

ललितपुर– गोदावरी नगरपालिका-१ दमाईटार बस्ने बिदुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही

प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित

किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन

गण्डकी– पोखरा महानगरपालिकाले वडास्तरीय कृषि सञ्जाल र वडा कार्यालयको समन्वयमा

कांग्रेस देउवा समूहको बैठक: निर्वाचन समीक्षादेखि महाधिवेशनको तयारीसम्म तीन एजेन्डा

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर (शेरबहादुर देउवा) समूहले मंगलबारदेखि

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

खलङ्गा– ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना