बागमती नदी अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काइयो « Khabarhub

बागमती नदी अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काइयो


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले बागमती नदी किनारामा अनाधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने अभियान अघि बढाएको छ । 

सरकारले बागमती करिडोर क्षेत्रमा सडक अतिक्रमण गरेर निर्माण गरिएका अवैध संरचना भत्काउने काम सुरु गरेको हो । सोमबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले तीनकुने सुविधानगर क्षेत्रमा बनाइएका अनाधिकृत संरचना डोजर लगाएर भत्काएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेले गैरकानूनी रूपमा सडक क्षेत्र मिचेर बनाइएका अवैध टहरा भत्काइएको  बताए । समितिका कर्मचारी प्रहरीसहितको टोलीले अनाधिकृत संरचना हटाएको हो । 

समितिका सूचना अधिकारी कमल अर्यालले पटकपटक सूचना जारी गरेर हटाउन आग्रह गर्दा पनि बेवास्ता गरेपछि मापदण्ड विपरीत निर्माण गरिएका ६ वटा संरचना हटाइएको बताए । नदी किनारमा सौन्दर्यीकरणका कामहरू गरिरहेको सन्दर्भमा यस्ता अवैध संरचनाले कुरूपता बढाएकाले भत्काइएको उनले बताए ।

अर्यालले भने,‘ नदी किनार सफा र सुन्दर राख्नुपर्छ भन्ने समितिको ध्येय हो । पछिल्लो पटक यस्ता अवैध संरचना बनाउने क्रम बढेको छ । यसले नदीको सौन्दर्य र संरक्षणमा चुनौती थपेको छ, अवधै संरचना हटाएर बागमती नदीलाई राम्रो बनाउने अभियानमा हामी लागेका छौं ।’ 

यसअघि समितिले  २८ वटा अवैध संरचना भत्काइसकेको बताउँदै आगामी दिनमा पनि यस्ता संरचना हटाउने काम जारी रहने सूचना अधिकारी अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ५ : ५७ बजे

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग 

रुपन्देही– लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको