आफ्नो देश कठिन अवस्थामा रहेको श्रीलंकाली प्रधानमन्त्रीको भनाइ « Khabarhub

आफ्नो देश कठिन अवस्थामा रहेको श्रीलंकाली प्रधानमन्त्रीको भनाइ


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफ्नो मुलुकका लागि अहिले कठिन समय रहेको बताएका छन् ।

उनले देशको आर्थिक अवस्था केही महिनादेखि नै सङ्कटपूर्ण रहेको र त्यो अवस्था दिन प्रतिदिन बिग्रिदै गएको भन्दै यस्तो परिस्थितिमा सबैले आपसमा मिलेर काम गर्नुपर्ने बताएका हुन् ।

उनले एक सन्देश जारी गर्दै भनेका छन्– यतिखेर देश निकै नै कठिन अवस्थामा छ, हामी सबैले यस्तो अवस्थामा मिलेर काम गर्नुपर्ने छ ।’ श्रीलंका यतिबेला आर्थिक तथा राजनीतिक सङ्कटमा फसेको छ ।

तर, राजनीतिक सङ्कटका समयमा पनि सरकार विरोधी आन्दोलन भने जारी नै रहेको छ । यसअघि श्रीलंकामा सोमबारदेखि नौ घण्टे कर्फ्यु आदेश जारी गरिएको थियो ।

सरकारले सोमबार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यु घोषणा गरेको हो । विभिन्न आरोपमा झण्डै २०० मानिसलाई पक्राउ गरेको भोलिपल्ट सरकारले कर्फ्यु आदेश जारी गरेको हो ।

विषेश गरेर आर्थिक संकट बढेपछि महँगी र अभाव पनि बढेको थियो र यसकारण आम नागरिक सरकारको विरोधमा प्रदर्शनमा उत्रेका थिए ।

केही दिनअघि राष्ट्रपति गोटाबाया राजपाक्षले आफ्ना दाजु महिन्दा राजपाक्षेले पदबाट राजीनामा दिएपछि रनिल विक्रमासिंघेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

नवनियुक्त प्रधानमन्त्री विक्रमासिंघेले चाँडै नै मुलुकको आर्थिक तथा राजनीतिक संकट समाधानको खाका तयार पार्ने अठोट व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १२ : ३४ बजे

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६