सारालाई वर्कसप, जसितालाई सिधै छायांकन « Khabarhub

सारालाई वर्कसप, जसितालाई सिधै छायांकन


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समयदेखि कलाकारहरू निस्किने र अनुबन्धित हुने खबरका कारण चर्चामा रहेको फिल्म ‘हनी बनी’ को छायांकन बेलायतमा सुरु भएको छ । 

लन्डन, आयरल्यान्ड, वेल्स लगायतका क्षेत्रमा फिल्म छायांकन गर्ने तयारीका साथ छायांकन सुरु भएको हो । फिल्मका लागि नेपालमा २ महिना वर्कसप गरिएता पनि जसिता गुरुङ साइन भएको केही दिनमै छायांकन सुरु गरिएको छ । सारा सिर्पालीको लागि दुई महिना वर्कसपमै समय खर्चेका निर्देशक दिवाकर भट्टराईले जसितालाई लिएर हतार-हतारमा छायांकन सुरु गरे । 

साराले २ महिना वर्कसप गरेर बेलायतको भिसा नपाएर फिल्म छाड्नुपरेपछि दिवाकरले बेलायत निवासी जसितालाई साइन गरेका थिए । जसिता बेलायत निवासी भएकै कारण फिल्ममा छानिएकी हुन् । साराका लागि २ महिनाको वर्कशप गराएता पनि जसितालाई लिएर छिटै छायांकन गर्नुको कारण दिवाकरले नै जानून् ।

साथै ओभरसिजमा छायांकन हुँदा कथा, कलाकार परिवर्तन हुने प्रचलन नेपाली फिल्मको लागि नौलो पनि होइन ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १ : २८ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच