श्रीलंकामा एक दिनका लागि मात्र पुग्ने पेट्रोल बाँकी रहेको विक्रमासिंघेको भनाइ « Khabarhub

श्रीलंकामा एक दिनका लागि मात्र पुग्ने पेट्रोल बाँकी रहेको विक्रमासिंघेको भनाइ


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वतन्त्रता पाएयताकै सबैभन्दा नराम्रो आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा पेट्रोलको हाहाकार हुने अवस्थामा पुगेको छ ।

नयाँ प्रधानमन्त्री रनिल विक्रमासिंघले यस्तो संकेत गरेका हुन् । अमेरिकी टेलिभिजन च्यानल सीनएनएनको अनलाइन संस्करणले जनाएअनुसार उनले श्रीलंकामा एक दिनका लागि मात्र पेट्रोलको सञ्चिति रहेको बताएका छन् ।

एउटा टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री विक्रमासिंघले आधारभूत सामाग्रीको आयातका लागि भुक्तानी गर्न देशलाई तत्काल ७.५ करोड डलर विदेशी मुद्रा आवश्यक भएको उनले बताए । .

सरकारले तलब दिन केन्द्रिय बैंकले पैसा छाप्नुपर्ने अवस्था रहेको उनले बताए । 

राज्यको स्वामित्वमा रहेको श्रीलंकाली एयरलाइन्स पनि निजिकरण गरिने उनले जानकारी दिएको सीएनएनले जनाएको छ ।

महामारी, बढ्दो मूल्य वृद्धि र कर कटौतीका कारण देशको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको बताइन्छ । 

विदेशी मुद्राको दीर्घकालीन अभाव र बढ्दो मुद्रास्फीतिका कारण औषधि, इन्धन र अन्य अत्यावश्यक वस्तुको चरम अभाव भएको छ ।

 चरम आर्थिक संकटसँग श्रीलंकामा राजनीतिक संकट पनि देखा परेको छ ।

श्रीलंकामा आर्थिक संकटको समाधान गर्न नसकेको भन्दै हिंसात्मक सरकार विरोधी प्रदर्शनहरु हुँदै आएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  २ : १९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ