आउँदो महिना ओटीटीमा 'आरआरआर'  | Khabarhub Khabarhub

आउँदो महिना ओटीटीमा ‘आरआरआर’ 


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यो वर्ष साउथ इन्डियन फिल्मले बलिउडलाई समेत छायाँमा परिरहेको छ ।

 निर्देशक एसएस राजामौली निर्देशित ‘आरआरआर’ र यश अभिनीत  ‘केजीएफ : च्याप्टर २’ ले विश्वभरबाट एक हजार करोड भन्दा बढीको कलेक्सन गरिसकेका छन् । यी फिल्महरूप्रति दर्शकले देखाएको क्रेजले बलिउडलाई समेत सोच्न बाध्य बनाइरहेका छन् । यस वर्ष रिलिज भएका कुनै पनि बलिउड फिल्मले लगानी समेत उठाउन सकेको छैन । हलमा अझै प्रदर्शनरत फिल्म आरआरआर र केजीएफ २ को ओटीटी रिलिजको चर्चा बढ्दो छ । यद्यपि चर्चाकै बीच फिल्म ओटीटीमा पनि आउने भएको छ । ‘केजीएफ : च्याप्टर २’ अमेजन प्राइम भिडियोमा रेन्टमा उपलब्ध भइसकेको छ भने अर्को प्रतीक्षित फिल्म ‘आरआरआर’ आउँदो महिना जुनमा स्ट्रिमिङ हुनेछ । 

बक्स अफिसमा नयाँ रेकर्ड बनाउन सफल फिल्म ‘आरआरआर’ ओटीटीमा आउँदो महिना जुनको २ गते रिलिज हुनेछ । स्टोरी, फायर र वाटरको थिममा देखाइएको तीन ‘आरआरआर’ ले पहिलो दिनमा नै २ सय २३ करोड कमाइ गरेर रेकर्ड बनाएको फिल्मलाई दर्शकले नेटफ्लिक्स र जी फाइभमा हेर्न पाउनेछन् ।

फिल्मलाई हिन्दी भाषामा नेटफ्लिक्स र तामिल, तेलुगु, कन्नडा र मलयालम भाषाको भने जी फाइभमा हेर्न पाइने छ । हिन्दी बाहेकका अन्य भाषामा रहेको फिल्म यही महिना मेकै २० तारिखमा उपलब्ध हुने भनिएता पनि जुन महिनामा मात्र आउने भएको छ । 

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  २ : ४८ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी