गुठी विधेयकः विप्लव नेकपाले गर्‍यो प्रहरी दमनको निन्दा « Khabarhub

गुठी विधेयकः विप्लव नेकपाले गर्‍यो प्रहरी दमनको निन्दा


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गुठी विधेयकविरुद्ध प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि प्रहरीले गरेको हस्तक्षेपप्रति विप्लव नेतृत्वको नेकपाले भत्र्सना गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गुठी विधेयकविरुद्ध प्रदर्शनमा उत्रेका जनताहरुलाई गृह प्रशासनद्वारा गरेको बर्बर दमनप्रति घोर आपत्ति र निन्दा गरेका छन् ।

विज्ञेप्तीमा भनिएको छ, ‘सामाजिक दलाल सरकार एकपछि अर्को गरी जनअधिकार कुल्चिदै फासिवादको अभ्यास गरिराखेको छ । यसै गरी सदनमा प्रस्तुत गरिएको गुठी विधेयक पनि एउटा यसैको उदाहरण हो ।’

गुठीलाई आधुनिकीकरण र न्यायपूर्ण परिचालन पर्ने तर्क गर्दै ‘तर पछिल्लो समय गुठी व्यवस्थित गर्ने नाममा सरोकारवाला पक्षसँग छलफलै नगरी नागरिकको सांस्कृतिक भावनाको कदर र सम्पूर्ण सुरक्षाको योजना नबनाई किन विधेयक निर्माण गरिदैछ’ भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ यसको विरुद्ध उठेका जनताको शान्तिपूर्ण र बैधानिक संघर्षमा जुन बर्बर दमन भयो हाम्रो पार्टी त्यस खाले दमनको घोर निन्दा गर्दछ ।’

साथै विप्लव नेकपाले उक्त वैधानिक र न्यायपूर्ण आन्दोलनमा घाइते भएकाहरुको उचित उपचारको व्यवस्थापन गर्न र न्यायपूर्ण समाधानका लागि जोडदार माग गरेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ८ : ४६ बजे

हेटमायरको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

गौर घटनामा २० जनाविरुद्ध मुद्दा अघि बढाइयो

रौतहट– रौतहटको गौरमा दुई समुदायबीच भएको साम्प्रदायिक झडप तथा आगजनी

कांग्रेसले काठमाडौँ, पोखरा र सुर्खेतमा चुनावी सभा गर्दै

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न सहरमा चुनावी

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गरिन्छ : उपसभापति अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले निर्वाचित

इमान्दार नेता र नेतृत्वलाई मतदान गरौँ : पुष्पा भुसाल

ललितपुर- नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले उमेदवारको इमान्दारिता, योजना र