नेप्से झिनो अंकले सुधार  « Khabarhub

नेप्से झिनो अंकले सुधार 


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजार नेप्से बुधबार करिब ९ अंकले सुधार आएको छ। हिजो मंगलबार ८४ अंकले घटेको नेप्से परिसूचक बुधबार ८ दशमलव ९ अंकले बढेर  २२ सय ७४ दशमलव ४२ अंकमा पुगेर बन्द भएको छ ।

नेप्सेको सेन्सेटिभ इन्डेक्स २ दशमलव ४१ अंकले सुधार आई सेन्सेटिभ इन्डेक्स  ४४१ अंकमा पुगेको छ। केही सुधार आएको नेप्सेमा एकै दिन १०९ कम्पनीका सेयर धनीले नाफा कमाएका छन् ।

नेप्सेमा बुधबार  ७० कम्पनी का सेयरधनीले घाटा बेहोर्दा एक मात्र कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । नकारात्मक सर्किट लागेको कम्पनीमा वोमी माइक्रो फाइनान्सको सेयर मूल्य १११ रुपैयाँ घटेर एक हजार एक रुपैयाँमा  कारोबार भएको छ ।नेप्सेमा बुधबार  बजारमा ३१ लाख ५६ हजार कित्ता शेयर खरिद बिक्री हुँदा एक अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।   

नेप्सेमा बुधबार बैकिङ सेक्टर, डेभलमेण्ट बैंक,  फाइनान्स, होटल, माइक्रो फाइनान्स सेक्टर का लगानीकर्ताले नाफा कमाएका छन् भने अन्य सेक्टरका सेयर लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ४ : ५६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका