अमेरिकामा फेरि कोरोना भाइरस संक्रमण बढ्दै | Khabarhub Khabarhub

अमेरिकामा फेरि कोरोना भाइरस संक्रमण बढ्दै


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएका छन् । त्यहाँ महामारी सुरु भएदेखि यता एक करोड ३२ लाख बालबालिका कोभिड १९ बाट प्रभावित भएका बताइएको छ ।

‘अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स’ को पछिल्लो तथ्यांकअनुसार अमेरिकाका १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएको जनाइएको छ ।

अमेरिकामा पछिल्लो समयमा बालबालिकामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ । यसअनुसार त्यहाँ गएको मे १२ सम्मको पछिल्लो सातामा मात्र ९३ हजार बालबालिकामा यसको संक्रमण भेटिएको पाइएको छ ।

पछिल्लो ४ हप्तामा मात्र कम्तीमा पनि २ लाख ४६ हजार जना बालबालिकामा कोभिडको संक्रमण बढेको अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले बताएको छ ।

अमेरिकी सरकारले बालबालिकामा देखिएको कोभिड १९ को संक्रमणलाई कम गर्न विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

यस्तै, अमेरिकाको न्यु योर्क शहरमा कोरोना भाइरसको प्रकोप फेरि बढ्न थालेको छ । अमेरिकाको सबैभन्दा ठूलो सहर न्यु योर्कमा कोरोना भाइरसको प्रकोप फेरि बढ्न थालेपछि सतर्कता पनि बढाइएको छ ।

महामारीको ‘मध्यम खतरा’ मा रहेको न्यु योर्कलाई अहिले ‘उच्च खतरा’ मा वर्गीकृत गरिएको अधिकारीहरूले जनाएका छन् । शहरलाई मध्यम जोखिमको अवस्थामा भने यही मे महिनाको सुरुमै राखिएको थियो ।

प्रकोप बढेपछि स्वास्थ्य सेवामा पनि दबाब सिर्जना भएको बताइएको छ । प्रकोप फैलिएकाले मास्क लगाउने, सेनिटाइजरकोे प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्नेलगायतका कार्यमा ध्यान दिन पनि स्वास्थ्य अधिकारीहरूले जोड दिएका छन् ।

कोरोना महामारी नियन्त्रण सम्बन्धी निर्देशिकाको कडाइका साथ पालना गर्न पनि अधिकारीहरूले आग्रह गरेका छन् ।

कोरोना सर्ने उच्च जोखिमपूर्ण गतिविधिहरू नगर्न र घर बाहिरका गतिविधिहरू पनि कम गर्न समेत स्वास्थ्यकर्मीहरूको आह्वान छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ५ : ५५ बजे

इरानमाथि आक्रमणको विरोधमा इराकमा हजारौंको प्रदर्शन, तेहरानमा उच्च अधिकारी पनि निस्किए सडकमा

बग्दाद / तेहरान – इरानमा सातादेखि जारी इजरायली आक्रमणको विरोधमा

विदेश जाने र विदेशबाट देश निकालामा पर्ने पाकिस्तानीको सङ्ख्या बढ्दै

काठमाडौं– पछिल्लो समय पाकिस्तानबाट विदेश जानेहरुको सङ्ख्या ह्वात्तै बढेको पाइएको

‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले पूर्वघोषित आन्दोलनका कार्यक्रम

लुम्बिनीमा योग दिवस सम्पन्न, पाँच सयभन्दा बढी सहभागी

लुम्बिनी- लुम्बिनीमा ११औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न, भारतीय