पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते | Khabarhub Khabarhub

पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा बोलेरो पिकअप र बस आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा चालकसहित दर्जन बढी घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र ३-०१-०२५ च ५७४३ नम्बरको पिकअप र विपरीत दिशाबाट गइरहेको ना ५ ख ५५१५ नम्बरको यात्रुबस आपसमा ठोक्किएको थियो । दुर्घटनामा परेर बसका सहचालक सुनसरीको इटहरी उपमहानगरपालिका-४ निवासी ३७ वर्षीय भीम राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनापछि अनियन्त्रित भई पल्टिएको बसले च्याप्पिएर बसका चालक विदुर निरौलासहित १२ जना यात्रु घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय केश्वरगंजले जनाएको छ । अन्य घाइतेको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको हो ।

तीव्र गतिमा रहेको माछा बोक्ने बोलेरो अनियन्त्रित भएर आफ्नै साइडमा गुडिरहेको बसलाई ठक्कर दिन पुगेको थियो । पिकअपबाट जोगिन खोज्दा बस अनियन्त्रित भएर पल्टिएको प्रहरीको आशंका छ । बससँग ठोक्किएको पिकअप भ्यान छुट्टिएर जङ्गलभित्रै पुगेको छ । बस सडक किनारमा पल्टिएको छ ।

दुर्घटना लगत्तै पिकअपका चालक फरार रहेका र खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ६ : २२ बजे

संसद्को गतिरोध अन्त्यका लागि सहमति जुटाउन सभामुख र रास्वपाबीच छलफल

 काठमाडौं– प्रतिनिधिसभा बैठकमा जारी गतिरोध अन्त्यका लागि सहमति जुटाउन सभामुख

सभामुख घिमिरे र गृहमन्त्रीबीच दुई बुँदे सहमति कार्यान्वयनबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र भिजिट भिसा प्रकरणमा मुछिएका

गाजा क्षेत्रमा खानेकुरा पाउन व्यग्र भएर बसेका ४५ जना भोका प्यालेस्टाइनी इजरायली आक्रमणमा मारिए

काठमाडौं– इजरायली आक्रमणमा परी गाजा क्षेत्रमा खानेकुरा प्राप्त गर्न व्यग्र

सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले गत जेठमा काठमाडौँमा

दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ

धरान– यहाँको इटहरी उपमहानगरपालिका–२० तरहरा स्थित धरान–तरहरा सडकबाट प्रहरीले दुई