पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते « Khabarhub

पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा बोलेरो पिकअप र बस आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा चालकसहित दर्जन बढी घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र ३-०१-०२५ च ५७४३ नम्बरको पिकअप र विपरीत दिशाबाट गइरहेको ना ५ ख ५५१५ नम्बरको यात्रुबस आपसमा ठोक्किएको थियो । दुर्घटनामा परेर बसका सहचालक सुनसरीको इटहरी उपमहानगरपालिका-४ निवासी ३७ वर्षीय भीम राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनापछि अनियन्त्रित भई पल्टिएको बसले च्याप्पिएर बसका चालक विदुर निरौलासहित १२ जना यात्रु घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय केश्वरगंजले जनाएको छ । अन्य घाइतेको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको हो ।

तीव्र गतिमा रहेको माछा बोक्ने बोलेरो अनियन्त्रित भएर आफ्नै साइडमा गुडिरहेको बसलाई ठक्कर दिन पुगेको थियो । पिकअपबाट जोगिन खोज्दा बस अनियन्त्रित भएर पल्टिएको प्रहरीको आशंका छ । बससँग ठोक्किएको पिकअप भ्यान छुट्टिएर जङ्गलभित्रै पुगेको छ । बस सडक किनारमा पल्टिएको छ ।

दुर्घटना लगत्तै पिकअपका चालक फरार रहेका र खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ६ : २२ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला