दिक्तेल रूपाकोट मझुवागढीमा गठबन्धनका उम्मेदवार विजयी « Khabarhub

दिक्तेल रूपाकोट मझुवागढीमा गठबन्धनका उम्मेदवार विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । उक्त नगरपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) बीच चुनावी तालमेल भएको थियो । 

नगरप्रमुखमा कांग्रेसका तीर्थराज भट्टराई र उपप्रमुखमा माओवादी केन्द्रका बिसन राई विजयी भएका छन् । भट्टराईले निकटतम प्रतिद्वन्द्वी एमालेका कुमार आचार्यलाई चार हजार ३९३ तथा राईले एमालेकै विणादेवी राईलाई तीन हजार ११९ मतान्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृत मात्रिकाप्रसाद आचार्यले जानकारी दिए ।

भट्टराईले एघार हजार ३८९ र उनका निकटतम प्रतिद्वन्द्वी आचार्यले ६ हजार ९९६ मत प्राप्त गरे । यस्तै राईले दश हजार ४३८ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी विणादेवीले सात हजार ३१९ मत ल्याए ।

 नगर प्रमुख र उपप्रमुखमा चार राजनीतिक दलबीच चुनावी तालमेल भए पनि अधिकांश वडामा भने एक्लाएक्लै प्रतिस्पर्धा भएको थियो ।  

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ९ : ०६ बजे

आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अष्ट्रेलियाका

पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै

कास्की– कास्कीको पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ

कोपा डेल रे : बार्सिलोनाको सहज जित

काठमाडौं – स्पेनिस कप प्रतियोगिता कोपा डेल रेमा बार्सिलोनाले सहज

एमालेमा नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान, ८० वटा भोटिङ मेसिन तयार

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका

२०८२ साल अनुरूप नै २०८३ को पञ्चाङ्ग पात्रो प्रकाशन हुने

काठमाडौं – विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै