खोटाङका १० मध्ये ६ स्थानीय तहमा कांग्रेस विजयी | Khabarhub Khabarhub

खोटाङका १० मध्ये ६ स्थानीय तहमा कांग्रेस विजयी


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – स्थानीय तहको निर्वाचनमा खोटाङमा सबैभन्दा बढी पालिकामा कांग्रेस विजयी भएको छ । १० स्थानीय तहमध्ये कांग्रेसले ६ पालिकामा जित हासिल गरेको छ ।

कांग्रेसले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी, साकेला, बराहपोखरी र रावाबेँसी गाउँपालिकाको नेतृत्व हात पारेको हो । हलेसी तुवाचुङ नगरपालिकामा प्रमुख र उपप्रमुख तथा अन्य स्थानीय तहको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएको हो ।

एमालेले ऐसेलुखर्क र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा मात्र जित हासिल गरेको छ । माओवादी केन्द्रले खोटेहाङ र जन्तेढुंगा गाउँपालिकामा नतिजा आफ्नो पक्षमा पारेको छ । यसपल्टको निर्वाचनमा सबैभन्दा बढी क्षति एमालेलाई भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ६ स्थानीय तहको नेतृत्व पाएको एमाले यसपल्ट गठबन्धनका कारण दुई स्थानीय तहमा खुम्चिन पुगेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कांग्रेसका तिर्थराज भट्टराई प्रमुख र माओवादी केन्द्रका बिसन राई उपप्रमुख विजयी भएका छन्। हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसका बिमला राई प्रमुख र रमेश राउत उपप्रमुखमा विजयी भएका छन् ।

केपिलासगढी गाउँपालिकामा कांग्रेसका समिर राई अध्यक्ष र जसपाका गुरुराज राई उपाध्यक्ष निर्वाचित भएका छन् । बराहपोखरी गाउँपालिकामा कांग्रेसका शालिकराम बञ्जरा अध्यक्ष र नेकपा एकीकृत समाजवादीका भुबलराज राई उपाध्यक्ष, साकेला गाउँपालिका कांग्रेसका रबिप्रकाश राई अध्यक्ष र माओवादी केन्द्रकी बिर्सिका राई उपाध्यक्ष, रावाबेँसी गाउँपालिकामा कांग्रेसका फटिककुमार श्रेष्ठ अध्यक्ष र एमालेकी कौशिलाकुमारी गुरुङ उपाध्यक्ष चुनिएका छन् ।

ऐसेलुखर्क गाउँपालिकाको अध्यक्षमा एमालेका गिरेन्द्रबहादुर राई र उपाध्यक्षमा कांग्रेसका राजेश राजभण्डारी, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्र राई र उपाध्यक्षमा अरुणा थापा मगर विजयी भएका छन् । खोटेहाङ गाउँपालिकामा माओवादी केन्द्रका उदिमबहादुर राई अध्यक्ष र कांग्रेसका रुपेश राई उपाध्यक्ष तथा जन्तेढुंगा गाउँपालिकामा माओवादी केन्द्रका अरुणादेबी राई अध्यक्ष र कांग्रेसका खेमबहादुर खड्का उपाध्यक्षमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ७ : ३७ बजे

काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध उजुरी

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध

नेपाली फिल्मलाई फाप्यो कात्तिक, सुस्ताएको बक्स अफिस तंग्रिँदै

काठमाडौं – ०८२ सालमा कात्तिक १४ सम्म ३० फिल्म प्रदर्शनमा

भीम रावललाई फकाउँदै दाहाल-नेपाल, सकारात्मक छ कुराकानी

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र

उसुको विकास र विस्तारका लागि सम्झौता

काठमाडौं– चीनको शिचुवान प्रान्तको मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन