लालबन्दीमा मेयर र उपमेयरमा कांग्रेस विजयी  | Khabarhub Khabarhub

लालबन्दीमा मेयर र उपमेयरमा कांग्रेस विजयी 


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको लालबन्दीमा मेयर तथा उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

लालबन्दीमा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार वासुदेव अधिकारी ९ हजार ५ सय ६१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्द बहादुर महतले ७ हजार ८ सय ८३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा काङ्ग्रेसकी कल्पनामाया पाख्रिन निर्वाचित भएकी छन् । पाख्रिनले ८ सय ८ सय ५० मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी सनसरीमाया थिङले ८ हजार १ सय ५९ मत मात्र प्राप्त गरिन् ।

नगरपालिकामा गठबन्धन नै नभए पनि पार्टी सभापति शेरबहादुर देउवाले सघाउनु भनेपछि आक्रोशित स्थानीय कांग्रेस कार्यकर्ताले उम्मेदवारी फिर्ता हुन दिएका थिएनन् । उम्मेदवारी दर्ताको समयमा केन्द्रबाट ढिला पत्राचार भएपछि लामबन्दीस्थित निर्वाचन कार्यालयले कांग्रेसका तर्फबाट वासुदेव अधिकारीको उम्मेदवारी कायम नै राखेको थियो ।

फेरि सभापति देउवाको हस्ताक्षर रहेको पत्र गठबन्धनलाई सघाउनू भन्ने आएपछि स्थानीय कांग्रेसी आक्रोशित हुँदै कुनै पनि हालतमा पछाडि नहट्ने बताएका थिए ।

कुन वडामा कसले जित्यो ?  

वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार हरीबहादुर भट्टराई – ५ सय ५७ मत
वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका किरणकुमार पासवान –  १ हजार २९ मत
वडा नम्बर ३ मा नेपाली कांग्रेसका बुद्धदेव चौधरी – ४ सय ९७ मत
वडा नम्बर ४ मा नेपाली कांग्रेसका सत्यनारायण चौधरी – ७ सय ८३ मत
वडा नम्बर ५ मा नेपाली कांग्रेसका मिनप्रसाद ढुंगेल – ९ सय ४० मत
वडा नम्बर ६ मा नेकपा एमालेका लालबहादुर योन्जन – ५ सय ३७ मत
वडा नम्बर ७ मा नेपाली कांग्रेसका कृष्णकुमार कार्की – १ हजार ४९ मत
वडा नम्बर ८ मा नेकपा माओवादी केन्द्रका शुक्रबहादुर पाख्रिन – ४ सय ६० मत
वडा नम्बर ९ मा नेपाली कांग्रेसका नारायण अधिकारी – ७ सय ७६ मत
वडा नम्बर १० मा नेपाली कांग्रेसका तोबहादुर श्रेष्ठ – ४ सय ८० मत
वडा नम्बर ११ मा नेकपा एमालेका दिपककुमार लामा – ७ सय १५ मत
वडा नम्बर १२ मा नेकपा माओवादी केन्द्रका दुर्गाबहादुर आले – ३ सय ९८ मत
वडा नम्बर १३ मा नेपाली कांग्रेसका शिवकुमार बैद्य – ५ सय १६ मत
वडा नम्बर १४ मा नकपा एमालेका छेनामसिंह घिसिङ – ८ सय ३१ मत
वडा नम्बर १५ मा नेकपा माओवादी केन्द्रका गोरखबहादुर बल – ६ सय २१ मत
वडा नम्बर १६ मा नेकपा माओवादी केन्द्रका गणेशबहादुर थापा – ८ सय १८ मत
वडा नम्बर १७ मा नेकपा माओवादी केन्द्रका विष्णुहरी अधिकारी – ९ सय ७९ मत

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ८ : ३० बजे

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ

रास्वपा सांसदहरू अभद्र शैलीमा संसद् पसे : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाका सांसदहरुले अभद्र

आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पाण्डेले

नेपालमा मृत्यु र अपाङ्गताको प्रमुख कारक बन्दै वायु प्रदूषण

काठमाडौं– नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको प्रमुख कारक बनेको

चेक अनादर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ 

काठमाडौं– चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी सर्लाही घर भएका २६