युगान्डाविरुद्ध तेस्रो खेल खेल्दै नेपाल, आज जित्नै पर्ने दबाबमा | Khabarhub Khabarhub

युगान्डाविरुद्ध तेस्रो खेल खेल्दै नेपाल, आज जित्नै पर्ने दबाबमा


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युगान्डाविरुद्धको तेस्रो टी २० खेलका लागि बिहीबार मैदान उत्रँदा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली जितसहित शृंखलामा पुनरागमनको सम्भावना कायम राख्न चाहन्छ ।

खेल दिउँसो १ बजेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि सोमबार र मंगलबार सम्पन्न पहिलो तथा दोस्रो खेलमा नेपालले युगान्डालाई क्रमशः १२ रन र एक विकेटको नतिजा सुम्पिएको थियो ।

पाँच खेलको शृंखलामा युगान्डा २-० ले अघि छ । आजको खेलमा पनि नतिजा सुम्पिएमा नेपालले दुई खेल अगावै शृंखला गुमाउने छ ।

नेपालले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय टी- २० ट्वान्टी शृंखला खेलेको हो ।

पहिलो खेलमा उत्कृष्ट बलिङ प्रदर्शनका बाबजुद ब्याटिङमा सम्हालिएको प्रदर्शन गर्न नसक्दा नेपाल युगान्डालाई नतिजा सुम्पिन बाध्य भएको थियो ।

जितका लागि एक सय तीन रनको लक्ष्य पछ्याएको नेपाल मात्र ९२ रनमा सीमित भएको थियो ।

दोस्रो खेलमा नेपालले युगान्डालाई १०२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सो खेलमा पनि ब्याटिङमा सोचेअनुरुपको प्रदर्शन हुन सकेको थिएन ।

अन्तिम केही ओभरमा लगातार युगान्डाको विकेट लिँदै जित नजिक पुगे पनि खराब फिल्डिङका कारण नेपाल निराश बनेको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ९ : १२ बजे

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ

रास्वपा सांसदहरू अभद्र शैलीमा संसद् पसे : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाका सांसदहरुले अभद्र

आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पाण्डेले

नेपालमा मृत्यु र अपाङ्गताको प्रमुख कारक बन्दै वायु प्रदूषण

काठमाडौं– नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको प्रमुख कारक बनेको

चेक अनादर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ 

काठमाडौं– चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी सर्लाही घर भएका २६