बाबुरामको गृहनगरमै जसपा पराजित, माओवादीले जित्यो मेयर र उपमेयर « Khabarhub

बाबुरामको गृहनगरमै जसपा पराजित, माओवादीले जित्यो मेयर र उपमेयर


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाको पालुङटार नगरपालिकाको मेयरमा विवश चिन्तन (अजय) र उपमेयरमा बन्दना पाण्डे (प्रतिमा) निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट  अजयले ६ हजार ७२ मत र उपमेयरमा प्रतिमाले ५ हजार ५ सय ७९ मत प्राप्त गरी विजयी भएका हुन् ।

अजयले निकटतम प्रतिस्पर्धी जसपाका उम्मेदवार प्रेम गुरुङको भन्दा ३ सय ५५ बढी मत प्राप्त गरे । नेकपा एमालेको समेत साथ पाएका गुरुङले ५ हजार ७ सय १७ मत प्राप्त गरे । नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार दिपकबाबु कडेलले ४ हजार ९ सय ९७ मत ल्याएका छन्।

यस्तै, उपमेयरमा विजयी प्रतिमाले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठको भन्दा ५ सय २ मत बढी पाएका छन् । श्रेष्ठले ५ हजार ७७ मत प्राप्त गरिन्। जसपाकोसमेत साथ पाएकी नेकपा एमालेकी उम्मेदवार पार्वती पाठकले ४ हजार २ सय ८१ मत ल्याइन् ।

पालुङटारमा कांग्रेससँग गठबन्धनको योजना सफल हुन नसकेपछि जसपाले एमालेसँग चुनावी तालमेल गरेको थियो । मेयरमा एमालेले जसपालाई सघाउने र उपमेयरमा जसपाले एमालेलाई सघाउने सहमति भए पनि गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रसँग पराजित भएका छन् । यस नगरपालिका जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर हो ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ९ : ४९ बजे

कुवेतमा ड्रोन आक्रमणमा मारिने नेपाली तेह्रथुमका सोमकुमार तमाङ

काठमाडौं- कुवेतको उत्तरी क्षेत्रमा जुलाई ३० मा भएको ड्रोन आक्रमणमा

सिरहाको अवस्था सामान्य बन्दै, गोलबजार-लहान क्षेत्रमा कर्फ्यु अझै जारी (तस्बिरहरू)

काठमाडौं– सिरहाको गोलबजार क्षेत्रको अवस्था शुक्रवार बिहानदेखि अवस्था सामान्य बन्दै

मधेशका ११ केन्द्रमा सञ्चालित एमबीएस अन्तर्गत आजको परीक्षा स्थगित

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले मधेशमा केन्द्र रहेका व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको

निर्मल पुर्जाले लेखेका थिए, ‘ब्रोड पिक, सुरक्षित रूपमा माथि पुगेर फर्किन पाऊँ भन्नेबाहेक केही माग्दिनँ’

इस्लामाबाद (एएफपी)- पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको ब्रोड पिक हिमालमा हिमपहिरो

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

भद्रपुर–  मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा