नागरिक उन्मुक्ति पार्टीले जित्यो टीकापुर मेयर र जोशीपुर अध्यक्ष उपाध्यक्ष « Khabarhub

नागरिक उन्मुक्ति पार्टीले जित्यो टीकापुर मेयर र जोशीपुर अध्यक्ष उपाध्यक्ष


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ ।

०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन बिताइरहेका निलम्बित सांसद रेशम चौधरीका श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गत वर्ष पुसमा गठन भएको पार्टीले टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा जित हासिल गरेको हो ।

टीकापुर नगरपालिका मेयरमा उन्मुक्तिका रामलाल डगौरा थारु ९ हजार ६४२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार नवराज रावलले ६ हजार ६४२ मत पाए।

उपमेयरमा भने गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खडकबहादुर शाह ७ हजार ९५५ मतसहित विजयी भएका छन् । उन्मुक्तिका उल्कादेवी विश्वकर्माले ७ हजार ८०२ मत पाइन् ।

त्यस्तै, जोशीपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्तिले जितेको छ । चित्रबहादुर चौधरी ४ हजार ९ सय ३ मतसहित मेयरमा विजयी भएका हुन् । कांग्रेसका बन्सराम बडायक थारुले ३ हजार ३ सय ६८ मत प्राप्त गरे ।

उपाध्यक्षमा सोही पार्टीका रेखादेवी कठरिया ४ हजार ५ सय ८९ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज बिनाडीले ३ हजार ९ सय ६१ मत प्राप्त गरे ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  १० : ०५ बजे

एमाले महाधिवेशनमा ९८ प्रतिशत मतदान : यी हुन् मत नहाल्ने ३६ प्रतिनिधि

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर– बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन