नागरिक उन्मुक्ति पार्टीले जित्यो टीकापुर मेयर र जोशीपुर अध्यक्ष उपाध्यक्ष « Khabarhub

नागरिक उन्मुक्ति पार्टीले जित्यो टीकापुर मेयर र जोशीपुर अध्यक्ष उपाध्यक्ष


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ ।

०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन बिताइरहेका निलम्बित सांसद रेशम चौधरीका श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गत वर्ष पुसमा गठन भएको पार्टीले टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा जित हासिल गरेको हो ।

टीकापुर नगरपालिका मेयरमा उन्मुक्तिका रामलाल डगौरा थारु ९ हजार ६४२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार नवराज रावलले ६ हजार ६४२ मत पाए।

उपमेयरमा भने गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खडकबहादुर शाह ७ हजार ९५५ मतसहित विजयी भएका छन् । उन्मुक्तिका उल्कादेवी विश्वकर्माले ७ हजार ८०२ मत पाइन् ।

त्यस्तै, जोशीपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्तिले जितेको छ । चित्रबहादुर चौधरी ४ हजार ९ सय ३ मतसहित मेयरमा विजयी भएका हुन् । कांग्रेसका बन्सराम बडायक थारुले ३ हजार ३ सय ६८ मत प्राप्त गरे ।

उपाध्यक्षमा सोही पार्टीका रेखादेवी कठरिया ४ हजार ५ सय ८९ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज बिनाडीले ३ हजार ९ सय ६१ मत प्राप्त गरे ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  १० : ०५ बजे

‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’

सुदूरपश्चिम– दार्चुलाको नौगाड गाउँपालिका-१ नागुका बासिन्दाले गत फागुन २१ को

सहकारी ठगी मुद्दा छिटो टुंग्याउन मन्त्रालयले माग्यो समर्पित इजलास

काठमाडौं – सहकारी ठगीसम्बन्धी मुद्दाको बढ्दो चापलाई व्यवस्थित गर्दै पीडितलाई छिटो

वाग्मती सफाइ अभियान : ६९०औँ हप्ता पूरा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

निगमले भन्यो- ग्यासको अभाव छैन, मागअनुसार आपूर्ति भइरहेको छ

काठमाडौं- खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

एजेन्सी– रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक