६ जना स्रष्टाहरुलाई पुरस्कार तथा सम्मान गरिने | Khabarhub Khabarhub

६ जना स्रष्टाहरुलाई पुरस्कार तथा सम्मान गरिने


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल भाषा परिषद्ले कवि केशरी चित्तधर ह्रदयको ११६औँ जन्म जयन्तीको अवसरमा विविध विधाका ६ जना स्रष्टाहरुलाई पुरस्कार तथा सम्मान गर्ने निर्णय गरेको छ ।

परिषदको कार्यसमितिको बैठकले भाषा थुवाको उपाधि कवि नवीन चित्रकारलाई, चित्तधर सिरपा कवि डा.आनन्द जोशीलाई, मोतिलक्ष्मी सिरपा कथाकार सरस्वती तुलाधरलाई, केशवलाल सिरपा कथाकार तथा उपन्यासकार केदार सितुलाई, ठाकुरलाल सिरपा नियात्राकार विमलप्रभा बज्राचार्यलाई र पूर्णहीरा सिरपा समालोचक कुन्दनप्रसाद श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कृत तथा सम्मानित हुने स्रष्टाहरु नेपालभाषा साहित्यमा विगत चार साढे चार दशकदेखि विविध विधामा क्रियाशील रहेर योगदान गरिरहेकाले उक्त सम्मान तथा पुरस्कार दिने निर्णय गरिएको परिषदले जनाएको छ । परिषद्ले सो पुरस्कार यही जेठ १३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमको आयोजना गरी प्रदान गर्नेछ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  १२ : १२ बजे

गर्भवतीको समयमै हवाई उद्धार हुँदा …

खाँदबारी– सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि सङ्खुवासभाको मकालु

कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम, फ्लडलाइटको ६ वटै पोल उठाइयो (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ

नर्भिकले बढायो नर्सहरूको तलब 

काठमाडौं– नर्भिक इन्टरनेसनल अस्पतालले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको

प्रहरीले मनायो कुकुर तिहार (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले सेवा कुकुरसहित कुकुर तिहार पर्व मनाएको छ

गाई तिहार र लक्ष्मी पूजा किन मनाइन्छ ?

काठमाडौं – नेपालको महत्त्वपूर्ण र उज्यालो पर्व तिहारको तेस्रो दिन