सिरहाको दुई नगरमा एमाले विजयी | Khabarhub Khabarhub

सिरहाको दुई नगरमा एमाले विजयी


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– सिरहा र कर्जन्हा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । सिरहा नगरको उपप्रमुखमा पनि एमालेले नै जित हासिल गरेको छ । 

सिरहाको नगरप्रमुखमा डा. नवन यादव र उपप्रमुखमा बबिताकुमारी साह विजयी भए । डा यादवले ११ हजार १४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले आठ हजार ७३२ मत ल्याए । यस्तै उपप्रमुखमा साहले १० हजार १२६ मत ल्याएर निर्वाचित भए भने उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका सरिता यादवले आठ हजार ५७७ मत प्राप्त गरेका छन् ।

त्यस्तै कर्जन्हा नगर प्रमुखमा एमालेकै भोलाप्रसाद पोखरेल तीन हजार ८३९ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका केशवप्रसाद साहले तीन हजार २२३ र नेकपा (माओवादी) का गङ्गा पासवानले दुई हजार ४८२ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टीका लक्ष्मीकुमारी श्रेष्ठ तीन हजार ४८७ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका निर्मला कुमारीदेवी पासवानले तीन हजार ९५ मत तथा माओवादीका ज्ञानकुमारी श्रेष्ठले दुई हजार ४५६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

कूल ११ वडा रहेको उक्त नगरको पाँच वडामा एमाले, तीनमा जसपा, माओवादी र नेकपा (एकीकृत समाजवादी) ले एक/एक तथा एक वडामा स्वतन्त्र उम्मेदवार अध्यक्षमा विजयी भएका छन् ।  

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  २ : १७ बजे

एक वर्षमा एउटै फार्मबाट ११ करोड अण्डा उत्पादन

चितवन – आइपिओ जारी गर्ने तयारीमा रहेको दाउन्ने एग्रो फार्म

सामान्य बन्दै कैलाली कारागारको अवस्था

सुदूरपश्चिम – कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थिति क्रमशः

चिनियाँ कम्युनिष्ट पार्टीसँग गहिरो सम्बन्ध रहेको पाइएपछि हार्वर्ड विश्वविद्यालयको आलोचना बढ्दो

काठमाडौं- अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालय र चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)

प्रधानमन्त्री भन्छन् : मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष खेतीपातीको समयमा

ससुरासँग तीन हजार लिएर हिँडेकी श्यामकला देवघाटसम्म खोज्दा पनि भेटिइनन् 

काठमाडौं– साउन ११ गते ससुराबुवासँग अस्पताल ‘फलोअप’ मा जान्छु भनेर