खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व « Khabarhub

खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – स्थानीय तहको निर्वाचनमार्फत खोटाङका दुई स्थानीय तहको प्रमुखमा महिला विजयी भएका छन् । चार स्थानीय तहमा महिला उम्मेदवार उठाइएकामा हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा विमला राई र जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा अरुणादेबी राई विजयी भएका हुन् ।

जिल्लाका स्थानीय तहले पहिलोपल्ट महिला नेतृत्व पाएको हो । विमला कांग्रेस र अरुणादेबी माओवादी केन्द्रकोतर्फबाट मेयर र अध्यक्षमा चुनिएकी हुन् । एमालेका उम्मेदवार खडेन्द्र राईलाई ३५१ मतले पछि पार्दैै बिमलाले मेयरमा बाजी मारेकी हुन् । मेयरका लागि बिमलाले ६३१७ मत र खडेन्द्रले ५९६६ मत पाएकी छन् । विमलाले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई तोडेर मेयरमा बाजी मारेकी हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपमेयरमा बिजयी बनेकी विमला यसपल्ट मेयरमा फड्को मारेकी हुन् ।

गठबन्धनकी अरुणादेबीले एमालेका शंखरबहादुर राईभन्दा ३०६ मत बढी पाएर अध्यक्षमा विजयी भएकी हुन् । अरुणादेबीले २८८१ मत पाउँदा शंखरबहादुरले २५७५ मत पाएका छन् । माओवादी केन्द्रले २०७४ सालको निर्वाचनमा पनि अरुणादेबीलाई प्रमुखको उम्मेदवार बनाएको थियो । अघिल्लो निर्वाचनमा पाँच स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाएको माओवादी केन्द्रले यसपल्ट भने जन्तेढुंगामा मात्र महिलालाई प्रमुखको उम्मेदवार बनाएको थियो । महिला नेतृत्वको कार्यसम्पादनलाई सबैले चासोका साथ हेरेका छन् ।

खोटेहाङ गाउँपालिकाको अध्यक्षमा एमालेकातर्फबाट उठाइएका कविता राई र बराहपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेबाटै उठेकी गोमा मगर भने पराजित भएकी छन् । कविता माओवादी केन्द्रका उदिमबहादुर राईभन्दा ३८ मत कम पाएर पराजित भएकी हुन् । गठबन्धनका उदिमबहादुरले ३७२८ र कविताले ३६९० मत पाए । गोमा कांग्रेसका शलिाराम बञ्जराभन्दा ८५१ मतले पछि परेकी हुन् । बञ्जराले ३१८१ मत र मगरले २३३० मत प्राप्त गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपाध्यक्षमा विजयी भएका कविता र गोमालाई यसपल्ट एमालेले अध्यक्षको उम्मेदवार बनाएको थियो ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा उपाध्यक्षमा एमालेकी अरुणा थापा मगर, रावाबेँसी गाउँपालिकाको उपाध्यक्षमा एमालेकी कौशिलादेबी गुरुङ र साकेला गाउँपालिकामा माओवादी केन्द्रकी बिर्सिका राई उपाध्यक्ष चुनिएकी छन् । गठबन्धनका कारण यसपल्ट महिला उपाध्यक्षको संख्या घटेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १० : १६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना