फ्राइडे फिल्म : लाइफ इन एलएसँगै दुई विदेशी फिल्म प्रदर्शनमा  « Khabarhub

फ्राइडे फिल्म : लाइफ इन एलएसँगै दुई विदेशी फिल्म प्रदर्शनमा 


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुक्रबारबाट यो साता नेपालीमा तीन नयाँ फिल्म रिलिज भएका छन् । नेपाली ‘लाइफ ईन् एलए’ सँगै दुई विदेशी फिल्महरू भुलभुलैया २ र धाकड रिलिज भएको छ ।

स्थानीय निर्वाचन सम्पन्न भएसँगै सर्वसाधारण आआफ्नो काममा फर्किएपछि फिल्ममा दर्शक आउन सक्ने सम्भावनाकै कारण दुई विदेशी फिल्म पनि भित्रिएको छ । यद्यपि पछिल्लो समय बलिउडका फिल्मले नेपाली दर्शकको मन भने जित्न सकेको छैन । नेपाली बजारमा पछिल्लो समय साउथ इन्डियन फिल्मको दबदबा बढेको छ । 

लाइफ इन एलए 

अमेरिकामा उच्च शिक्षा अध्ययनका लागि पुगेको व्यक्तिहरूको जीवनीमा आधारित फिल्ममा लस एञ्जल्सको लाइफ मार्फत चित्रण गरिएको छ। फिल्ममा ब्यास, अकेशा र शिल्पाको प्रेममा आउने उतारचढाव र विदेशमा बस्ने नेपालीको लाइफ स्टाइल समावेश गरिएको छ ।

त्रिकोणात्मक प्रेमकथा ‘लाइफ इन एलए’ मा ब्यास बिस्सु, अकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । सूर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको फिल्ममा एलिस कार्की र प्रतीक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठको स्वर छ ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई  ब्यास बिस्सुले निर्माण गरेका हुन् । दीपक वली एसोसियट निर्देशक रहेको फिल्ममा भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन र, कविराज गहतराज र सुरज श्रेष्ठको कोरियाग्राफी छ । अमेरिकाको विभिन्न राज्यमा च्यारेटी शो गरिएको फिल्म नेपालमा भने आउँदो जेठ ६ मा प्रदर्शन हुने छ ।

भूल भुलैया

कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘भूल भुलैया २’ रिलिज भएको छ । अनिष बज्मी निर्देशित फिल्ममा कमेडी र हरर दृश्यको स्वाद दर्शकले पाउने छन् । यद्यपि हलमा रिलिज भएसँगै फिल्म ओटीटी जायन्ट नेटफ्लिक्समा रिलिज हुने भएको छ । नेटफ्लिक्सले महँगो रकममा फिल्म खरिद गरेकाले यसलाई छिट्टै नै डिजिटल रिलिज गर्ने चर्चा समेत बढ्दो छ । पछिल्लो समय हल रिलिज भएको केही समयमै ओटीटीमा फिल्म आउने क्रम बढ्दो छ । 

‘भूल भुलैया २’ मा कार्तिकसँगै कियारा आडवाणी र तब्बुको मुख्य भूमिका रहेको छ । हास्य-हरर जनराको यो फिल्म सन् २००७ मा प्रदर्शन भएको फिल्म ‘भूल भुलैया’ को सिक्वेल हो ।उक्त फिल्ममा अक्षय कुमार, विद्या बालन, अमिशा वटेल, शाइनी आहुजा, परेश रावल लगायतको मुख्य भूमिका रहेको थियो । यद्यपि सिक्वेलमा निर्देशकले नयाँ अनुहारलाई मात्र सिक्वेल लिएका छन् ।

धाकड 

बलिउड अभिनेत्री कंगना रनौत स्टारर फिल्म ‘धाकड’ पनि नेपालमा प्रदर्शन भइरहेको छ । एक्सन-थ्रिलर यो फिल्ममा कंगनाको भरपुर एक्सन दृश्य देख्न सकिन्छ । कंगनाले फिल्ममा जबरजस्त स्टन्ट समेत गरेकी छन् । फिल्ममा अर्जुन रामपाल र दिव्या दत्ता पनि महत्वपूर्ण भूमिकामा छन् । रजनीश राजी घईको निर्देशनमा बनेको यो ‘धाकड’ आगामी मे २० मा रिलिज हुँदैछ ।

फिल्म हिन्दीका साथै तेलुगू, तमिल र मलायलम भाषामा पनि रिलिज भएको छ । रितेश शाहले लेखेको फिल्मका निर्माता दीपक मुकुट र सोहेल मक्लै हुन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  २ : १० बजे

तस्बिरमा हेर्नुहाेस्, सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं– वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ लगनटोल पुर्‍याइएसंगै

ओली-लेखक पक्राउ गर्दा सरकारले संयमता गुमायो, प्रहरीको व्यवहार परिपक्व भएन : प्रा.डा. संग्रौला

काठमाडौं- पूर्वन्यायाधिवक्ता प्रा. डा. युवराज संग्रौला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अर्थसंक्षेप : बजारले पत्याएन बालेन सरकारलाई, वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात र भवनको अलपत्र छाडेपछि निर्माण कम्पनीलाई सवा करोड जरिवाना

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था

अमेरिकी दूतावास र परराष्ट्रमन्त्रीलाई मेन्सन गरेर पाकिस्तानी पृथकतावादी समूहले बालेनलाई दियो बधाई

काठमाडौं- बलुचिस्तान गणतन्त्र नामक पाकिस्तानको विवादास्पद पृथकतावादी समूहले प्रधानमन्त्री नियुक्त

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक