बलात्कारसम्बन्धी हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग गगन थापाको आग्रह  « Khabarhub

बलात्कारसम्बन्धी हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग गगन थापाको आग्रह 


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले बलात्कार तथा यौन उत्पीडनका सम्बन्धमा रहेको हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् । 

शुक्रबार जारी प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी हुने क्रममा उनले बलात्कार तथा यौन उत्पीडनका सम्बन्धमा रहेको हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका हुन् । 

सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट आफू बलात्कारमा परेको घटना एक युवतीले सार्वजनिक गरेको विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै उनले बलात्कार सम्बन्धमा रहेको मौजुदा हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग माग गरेका हुन् । 

उक्त घटना सार्वजनिक भइसक्दा पनि दोषी पक्राउ नपरेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका उनले तत्काल दोषीलाई पक्राउ गर्र्न माग गरेका छन् । 

सामाजिक सञ्जालमार्फत पीडित युवतीले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेकी थिइन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १ : ४९ बजे

केन्द्रीय सदस्य हारेपछि एमाले नेता विष्टले दिए राजीनामा

तनहुँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले

उषाकिरणले भनिन्ः महाधिवेशनले ‘जे छ ठिकै छ’ भन्ने निर्णय दियो

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित

अध्यक्षमा भारी मतसहित विजयी भएका ओली केन्द्रीय सदस्यमा पराजित

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनको मतपरिणामले रोचक राजनीतिक चित्र

एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी