बेथानचोकमा गठबन्धन विजयी « Khabarhub

 बेथानचोकमा गठबन्धन विजयी


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा माओवादीका तारा राना तिमल्सिना विजयी भएका छन् ।

अध्यक्ष अधिकारी छ हजार १९ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का कलमप्रसाद तिमल्सिनाले तीन हजार १६० मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा तिमल्सिना चार हजार ४९८ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका सरला लामिछानेले तीन हजार ५७३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी वडामा क्रमशः वडा नं १ मा कांग्रेसका मधुसुदन तिमल्सिना, २ मा कांग्रेसकै पुरुषोत्तम तिमल्सिना, ३ मा कांग्रेसका कुबेर ढकाल, ४ मा कांग्रेसकै कृष्णबहादुर लामा निर्वाचित भएका छन् । यस्तै वडा नं ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइबा, ६ मा कांग्रेसका विष्णु तामाङले जित हासिल गरेका छन् ।  

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ५ : ०९ बजे

गैरकानुनी रुपमा रोकेको २२ अर्बको संस्थापक सेयर नेप्सेमा सूचीकृत गरिदिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले २०८० माघदेखि आईपीओ

एमाले संसदीय दलको नेतामा बादल सर्वसम्मत (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादल प्रतिनिधि सभा संसदीय

बिस्का: जात्राका लागि श्री भैरवनाथको रथ निर्माण हुँदै

काठमाडौं– काठमाडौं उपत्यकाको प्राचीन शहर भक्तपुरमा मनाइँदै आएको १५०० वर्षभन्दा

प्रचण्डका सैन्य कमान्डर अब ओलीका संसदीय कमान्डर

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादल प्रतिनिधि सभा संसदीय

मधेशका सांसद्‍लाई प्रधानमन्त्रीले भने- आफ्नो क्षेत्रका समस्या ह्वाट्सएपमार्फत् तत्कालै पठाउनुस्

काठमाडौं– प्रतिनिधिसभाका सदस्यहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्याका बारेमा तत्कालै प्रधानमन्त्री