नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १५ देशका २६ फिल्म चयन « Khabarhub

नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १५ देशका २६ फिल्म चयन


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १० औं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२ यही १५ देखि १७ जेठसम्म तीन दिन काठमाडौँको जमल स्थित राष्ट्रिय नाचघरमा हुने भएको छ । 

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रा.लि.को आयोजनामा हुन लागेको यो महोत्सवमा विभिन्न देशका १०० भन्दा बढी फिल्म प्राप्त भएका थिए । जसमध्येबाट निर्णायक समितिले २६ वटा फिल्म चयन गरेको छ । 

नेपाल सहित १५ देशका २६ वटा फिल्म चयन भएको महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले बताएकी छिन् । नेपाल र अफ्रिकाको फिल्मको संस्कृतिका लागि आफूहरुले एक दशक अघिबाट नेपालमा नेपाल अफ्रिका फिल्म फेस्टिबल आयोजना गर्दै आएको अध्यक्ष डा.मिश्रले बताएकी छिन् । ‘अफ्रिकालाई अब हामीले पश्चिमाहरूको नभएर अफ्रिकन लेन्सबाटै हेर्नु पर्छ भनेर हामीले विगत १० वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएका छौं ’ उनले भनिन् । 

महोत्सव निर्देशक डब्बू क्षत्रीका अनुसार यो महोत्सवमा विदेशबाट १४ मुलुकका १५ वटा चलचित्र चयन भएका छन् । जस मध्य आधिकांश अफ्रिकन मुलुकबाट फिल्म चयन गरिएको छ । अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषय बस्तुमा आधारित फिल्म पनि महोत्सवमा चयन भएका छन् । महोत्सवका लागि फिल्म चयन भएका विदेशी मुलुकहरूमा बुर्किना फासो, इजिप्ट, ट्युनिसिया, संयुक्त राज्य अमेरिका, घाना, सोमालिया, अष्ट्रिया, जर्मनी, बेनिन, कंगो, फ्रान्स, क्यामरुन, अल्जेरिया, मोरक्को रहेका छन् ।

महोत्सवमा नेपालबाट १२ वटा फिल्म छानिएका छन् । जस मध्य ८ वटा चलचित्र खुला प्रतिस्पर्धा अन्तर्गत रहेको छ । जसमा द ब्लाक कर्नर, ऐना, राईज, शँका, कुइनेटो, गरिमा, द डटर, थर्ड आई रहेका छन् । यस्तै यसपटक विद्यार्थीहरूको फिल्मलाई छुट्टै प्रतिस्पर्धामा राखिएको छ । फिल्मका विद्यार्थी फिल्म प्रतिस्पर्धामा विद्यार्थीहरूले बनाएको फिल्म राखिएको हो । जसमा झोल, सेफ्टी पिन, आखिर किन र द डेलिभरी रहेका छन् । 

यस्तै विदेशी फिल्म तर्फ बुर्किना फासोको लोयल ड्यु साएक्लोन–आई अफ द साएक्लोन, मोरक्कोको घोस्ट अफ स्पेस टाइम अल्जेरियाको ला चेम्बर, क्यामरुन लेस मेलोडियस डु, फ्रान्सको ले मोन्डे डी चिज टी काफ, कँगोको एबुला नगान्दो, बेनिनको ले मोन्डे ए लिप्रियुभी, सोमालिया-अस्ष्ट्रिया÷जर्मनीको लाईफ अन द हर्न, घानाको लिबर्टी, ट्युनेशिया-युएसएको द मेन हु बिकेम म्युजियम रहेका छन् । यस्तै इजिप्टबाट यसपटक दिई ईज माई नाईट, आजिया, द अदर चेक, एबाउट ए गर्ल सहित ४ वटा चलचित्र चयन भएका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ७ : २९ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६