वाग्मती गाउँपालिका अध्यक्षमा घलान र उपाध्यक्षमा तिमिल्सिना विजयी « Khabarhub

वाग्मती गाउँपालिका अध्यक्षमा घलान र उपाध्यक्षमा तिमिल्सिना विजयी


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौडा- मकवानपुरको वाग्मती गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।

गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सर्केश घलान सात हजार ३८४ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार खेम जर्गा मगरले छ हजार १६६ मत प्राप्त गरेका छन् । त्यस्तै सो गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार फणीन्द्र तिमिल्सिनाले सात हजार ९३५ मत ल्याएर विजयी भएका छन् ।

एमालेकी धनमाया स्याङ्तान चार हजार ६६९ मत ल्याएर पराजित भइन् । यसअघि धनमाया २०७४ सालको निर्वाचनमा उक्त पार्टीका तर्फबाट गाउँपालिकाको उपाध्यक्षमा विजयी भएकी भिइन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १० : १० बजे

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना