गुमानसिंह अर्याल : प्रधानपञ्चदेखि मेयरसम्म « Khabarhub

गुमानसिंह अर्याल : प्रधानपञ्चदेखि मेयरसम्म


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – कानुन व्यवसायमा ०३७ सालदेखि लागेका बेसीशहर नगरपालिकामा निर्वाचित मेयर गुमानसिंह अर्याल वरिष्ठ अधिवक्ता हुन्। बार इकाका अध्यक्षसमेत भएका उनी एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य र जिल्ला कमिटी लमजुङको २ कार्यकाल उपाध्यक्ष भएर काम गरे। ०४३ देखि हालसम्म भएका ५ वटा चुनावमा उनले विजय हासिल गरेका छन्।

झन्डै ४ दशक जनप्रतिनिधि भएर काम गरेका ६५ वर्षीय अर्याल पाँच वर्ष जनप्रतिनिधि भएर पुनः मेयरमा निर्वाचित भएसँगै बेसीशहर नगरपालिकाको पदभार सम्हालेका छन् । पञ्चायतकालमा जनपक्षीय उम्मेदवार बनेका उनी ०४३ सालमा बेंसीसहर गाउँ पञ्चायतको प्रधानपञ्च बनेका थिए। त्यतिबेलाका चर्चित व्यक्तित्वहरू रणबहादुर अधिकारी, गणेशबहादुर रावल, बमबहादुर अर्याल, केन्द्रबहादुर सिलवाल, कमलबहादुर पौडेललगायत ७ उम्मेदवारलाई हराउँदै उनी प्रधानपञ्च बन्न सफल भएका थिए। उनीसँगै जिल्लाभर ४ जना जनपक्षीय उम्मेदवारले चुनाव जितेका थिए।

०४९ को स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले बालकृष्ण बराललाई गाविस अध्यक्षमा र अर्याललाई वडा नम्बर ८ को अध्यक्षको उम्मेदवार बनायो। नेपाली कांग्रेसका रणबहादुर अधिकारीसँग चुनाव लडेका बालकृष्ण पराजित भए। भीमबहादुर कुँवरलाई पराजित गर्दै अर्याल वडाध्यक्षमा निर्वाचित भए। ०५४ मा भएको स्थानीय निर्वाचनमा एमालेले अर्याललाई फेरि बेंसीसहर गाविसको अध्यक्षमा उठायो। कांग्रेस उम्मेदवार बेंसीसहरका तिलकबहादुर पौडेललाई हराउँदै अर्याल गाविस अध्यक्षमा निर्वाचित भए।

०७४ को निर्वाचनमा पनि अर्याल कांग्रेसका भेषबहादुर पौडेललाई हराउँदै नगर प्रमुख बने। ०७४ मा एमाले–माओवादी केन्द्र चुनावी एकताबाट बेंसीसहर नगर प्रमुखको उम्मेदवार बनेका थिए। यसपटक पनि एमालेका उम्मेदवार अर्याल गठबन्धनका उम्मेदवारलाई हराउँदै नगर प्रमुखमा निर्वाचित भएका छन्। उनले कांग्रेस उम्मेदवार श्रीकान्त घिमिरेलाई २ हजार ८ मतले हराएका हुन्।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ७ : १२ बजे

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी – नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा

अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण

म्याग्दी – नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण