‘सुनको चप्पल’ को तयारीमा जुटे निर्देशक वली « Khabarhub

‘सुनको चप्पल’ को तयारीमा जुटे निर्देशक वली


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दीपक वलीको नयाँ फिल्मको तयारीमा जुटेका छन् । आफू निर्देशित फिल्म ‘कृष्ण लीला’  कोरोना महामारीका कारण प्रदर्शनमा ढिलाई भएपछि उनले नयाँ फिल्मको तयारी थालेका हुन् ।

‘कृष्ण लीला’ को सम्पूर्ण काम सकिएकोले पनि उनलाई नयाँ फिल्मको लागि समय मिलेको हो । उनले निर्देशन गर्ने नयाँ फिल्मको नाम ‘सुनको चप्पल’ राखिएको छ । केही दिन अगाडि मात्र उनले चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गराए । फिल्मको नाम चलनचल्तीको भन्दा भिन्न र अनौठो लाग्छ । निर्देशक वलीले फिल्मको कथावस्तुसँग सुहाउने भएकै कारण ‘सुनको चप्पल’ नाम राखिएको बताए । फिल्मको स्क्रिप्ट लेखनको काम निर्देशक समेत रहेका यम थापाले गरिरहेका छन् ।

सन् २०१६ मा ‘रोल्पा रोग’ बाट निर्देशकीय यात्रा आरम्भ गरेका वलीले त्यसपछि ‘पण्डित बाजेको लौरी’ र ‘कुम्भ करण’ फिल्मको निर्देशन गरे ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  २ : ३९ बजे

दियालो बङ्गला अवलोकनबाट २४ लाख राजश्व सङ्कलन

चितवन– गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले चितवनस्थित दियालो

लोमान्थाङमा यार्तुङ पर्वको रौनक

मुस्ताङ– उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान

बाढी र पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, २० मेगावाट विद्युत् उत्पादन ठप्प

म्याग्दी — बाढी र पहिरोका कारण म्याग्दीका निर्माणाधीन जलविद्युत् आयोजनाको