अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा आम निर्वाचनमा पराजय स्वीकार « Khabarhub

अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा आम निर्वाचनमा पराजय स्वीकार


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो कन्जरभेटिभ दलको सरकारका लागि ‘कठिन रात’ भन्दै शनिबार भएको राष्ट्रिय निर्वाचनमा भएको पराजयलाई स्वीकार गरेका छन् ।

आम निर्वाचनमा लेबर पार्टी विजयी भएपछि उनले पराजय स्वीकार गरेका हुन् ।

मोरिसनले भने– ‘आज राती मैले प्रतिपक्षी नेता तथा भावी प्रधानमन्त्री एन्थोनी अल्बेनिजसँग कुरा गरेको छु र उहाँको चुनावी विजयको लागि मैले उहाँलाई बधाई दिएको छु ।’

५४ वर्षीय प्रधानमन्त्रीले निर्वाचनमा प्रमुख दललाई मतदाताको समर्थन नदेखिएको उल्लेख गरेका छन् ।

उनले भने, ‘मेरो विचारमा हाम्रो राष्ट्रमा भइरहेको उथलपुथलबारे मलाई चिन्ता लागेको छ । हाम्रो राष्ट्रहितका लागि यो समस्या अन्त्य हुनु र राष्ट्रिय राजनीतिक गतिविधि अगाडि बढ्नु महत्वपूर्ण छ ।’

‘हाम्रो गठबन्धनको बलियो नेतृत्वमा मलाई कुनै शङ्का छैन, अबको तीन वर्षपछि म गठबन्धन को सरकार फर्काउने प्रतीक्षामा छु ।’ उनले भने ।

 

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  १० : २१ बजे

मकवानपुरमा रास्वपालाई ठूलो झट्का, जिल्ला सभापति पराजुली कांग्रेसमा प्रवेश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली

आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’

भोजपुर– भौगोलिक विकटताका कारण समस्या भोग्दै आएका स्थानीयलाई सहज रुपमा

दुर्घटनामा परेको बस माछापुच्छ्रे ट्राभल्सको : मालिक पनि थिए सवार

गण्डकी – सोमबार बिहान धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट

नवलपरासीको देवचुलीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक

मौसम परिवर्तनसँगै बिरामी बढे : सावधानी अपनाउन चिकित्सकको आग्रह

काठमाडौं – काठमाडौं उपत्यका लगायत देशभर भाइरल ज्वरो र रुघाखोकीका