तुलसीपुर उपमहानगनगरको मेयर उपमेयरमा एमालेको अग्रता « Khabarhub

तुलसीपुर उपमहानगनगरको मेयर उपमेयरमा एमालेको अग्रता


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार टीकाराम खड्का ८११ मतले अग्रता लिएका छन् । उनले हालसम्म १५ हजार ४०५ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५९४ मत पाएका छन् ।

उपप्रमुखमा पनि एमालेको अग्रता छ । एमालेका तर्फबाट उपप्रमुखका उम्मेदवार स्यानी चौधरीले १४ हजार ६१५ मत प्राप्त गर्दा गठबन्धनको तर्फका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानाले १० हजार ८९२ मत प्राप्त गरेका छन् ।

वडाको पछिल्लो अपडेट
वडा नं ७ र ९ मा कांग्रेस विजयी भएको छ । वडा नं ७ मा कांग्रेसका रामबहादुर जिसी दुई हजार ४०५ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्दी एमालेका डिल्लीराज भण्डारीले एक हजार ७९२ मत ल्याए।

वडा नं ९ मा कांग्रेसका घनश्याम ढकाल एक हजार नौ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका वामदेव न्यौपानेले ९८६ मत प्राप्त गरे । अहिलेसम्म तुलसीपुरका नौवटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । अहिले तुलसीपुर १०, ११ र १२ को मतगणना भइरहेको छ ।

तुलसीपुरमा यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजय हासिल गरेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १० : १४ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक