ट्र्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु  « Khabarhub

ट्र्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु 


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको गौरीगंगा  नगरपालिका–३ कुचैनीमा आज बिहान ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा स्कुटरको पछाडि सवार एक युवती गम्भीर घाइते भएकी छन् ।

मृत्यु हुनेमा स्कुटर चालक लम्किचुहा नगरपालिका–१ बस्ने ३० बर्सिया सबिता कँडेल रहेकी छन् ।

घाइते भएकी सोही ठाउँ बस्ने २५ बर्सिया जमुना सिंहलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी पठाइएको छ ।

आज बिहान ७ बजे कैलालीको कुचौनीस्थित पूर्व पश्चिम राजमार्गमा से१ त ६८ २७ नम्बरको ट्र्याक्टरले सुदूरपश्चिम प्रदेश ०१–००८ प १७८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा संलग्न ट्रयाक्टर चालक फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १२ : ११ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक