हावाहुरीसहित परेको असिना पानीले केरा खेतीमा क्षति  « Khabarhub

हावाहुरीसहित परेको असिना पानीले केरा खेतीमा क्षति 


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- शनिबार र राति आएको आएको हावा हुरी सहितको असिना पानीले कपिलवस्तुका विभिन्न ठाउँमा कृषकले लगाएको केरा खेतीमा ठुलो क्षति पुर्‍याएको छ ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर १ उपटहवा उतमनगरमा शंकर पाण्डेले लगाएको केरा खेतीमा पनि ठूलो क्षति पुर्‍याएको छ  भने लाखौँको नोक्सानी भएको छ । करिब १० कठ्ठा जमिनमा लगाएको  २ सय केराका घार भुईँमा ढलेका छन् ।

पसाईसकेका र भर्खर पसाउन लागेका केरामा क्षति पुगेको कृषक पाण्डेले बताए । एक घारमा केराको कोसाबाट १ हजार देखि १२ सय सम्म पर्ने गर्थ्यो तर सबै हावाले बोट सँगै फलमा असर परेको छ ।

करिब ३ लाख बराबरको मूल्यको क्षति भएको पाण्डेको भनाई छ । परम्परा गर्त खेती भन्दा व्यवसायी रूपमा गरिएको खेतीबाट राम्रो आम्दानी र छिटो सफलता हुने भएपछि पाण्डेले २ वर्ष देखि केरा खेती गर्दै आएको बताएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ८ : २९ बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी