जो वडाध्यक्षबाट गाउँपालिका अध्यक्ष बने « Khabarhub

जो वडाध्यक्षबाट गाउँपालिका अध्यक्ष बने


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ : ९ वैशाख अघिसम्म खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ बतासेका लोकेन्द्र राई वडाध्यक्षको भूमिकामा थिए । गाउँपालिका अध्यक्षमा उठ्ने भएपछि उनले ९ वैशाखमा पदबाट राजीनामा दिए । गाउँपालिकाको ३० वैशाखमा सम्पन्न निर्वाचनमा उनी एमालेका तर्फबाट अध्यक्षमा निर्वाचित भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनपछि पाँच वर्ष वडाध्यक्ष बनेर काम गरेका राईको भूमिका थप फराकिलो बनेर फेरिएको हो ।

पाँच वर्ष जनप्रतिनिधिका रूपमा काम गर्नेक्रममा लोकेन्द्रले आफ्नो भूमिकालाई बृहत् बनाउने अभ्यास गरे । वडाबाट सिंगो पालिकाको नेतृत्व गर्ने क्षमताको विकास गरे । फलतः उनी यसपल्ट वडाध्यक्षबाट गाउँपालिका अध्यक्षमा फड्को मार्न सफल भएका छन् ।

जिल्लाका १० पालिकाका ७९ वडामा निर्वाचित वडाध्यक्षमध्ये उनी पालिका प्रमुखमा विजयी हुने एक मात्र वडाध्यक्ष बनेका छन् । गाउँपालिकाको नेतृत्वमा पुगेपछि संघीयताको मर्म अनुसार वडालाई शक्तिशाली बनाउने उनको योजना छ ।

‘सिंहदबारको अधिकार गाउँमा अझै आइपुगेको छैन । म गाउँ–गाउँमा सिंहदबारबाट पुर्‍याउने प्रयास गर्नेछु । श्रोत साधन वितरण गरेर वडालाई अधिकार सम्पन्न बनाउने छु,’ राईले भने, ‘वडा शक्तिशाली भए मात्र गाउँपालिका मजबुत हुन्छ । स्थानीय तहलाई सुन्दर बनाउने छु, । विकृति र विसङ्गतिको अन्त्य गर्ने छु । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउने छु ।’

२०७४ सालको स्थानीय तहको निर्वाचनमा सँगै वडाध्यक्ष चुनिएका कतिपय जनप्रतिनिधि पुनः वडाध्यक्षमै दोहोरिए । कोही टिकट नै नपाएर नेतृत्वलाई धारे हात लाउँदै वडाध्यक्षबाट बिदा भए । कतिपय पराजित भए । तर हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका निवर्तमान वडाध्यक्ष रमेश राउत उपमेयरमा उक्लिएका छन् ।

राउत लगायतका जनप्रतिनिधिले बिहीबार निर्वाचन अधिकृतको कार्यालयबाट विजयी भएको प्रमाण-पत्र लिएका छन् । दुर्छिमदेखि हलेसीसम्म विजय र्‍याली निकाले । वडाध्यक्षका रूपमा सेवा गर्ने क्रममा उनले आफ्नो भूमिकालाई फराकिला बनाउँदै लगे, नगरपालिका हाँक्ने आँट र साहस जुटाए । पाँच वर्षमा उपमेयरमा दाबी गर्ने हैसियत बनाए । नगरपालिकाको मुहार फेर्ने योजना सहित कार्य प्रारम्भ गर्ने राउत बताउँछन् ।

यस्तै, स्थानीय तहको निर्वाचनले बराहपोखरी गाउँपालिका-४ फाक्टाङका निवर्तमान वडाध्यक्ष भुवलराज राईको भूमिका फेरिएको छ । गठबन्धन (नेकपा एकीकृत समाजवादी) का तर्फबाट उनी गाउँपालिकाका उपाध्यक्ष चुनिएका छन् ।

पार्टीले कारबाही गर्ने चेतावनी दिँदादिँदै ऐसेलुखर्क गाउँपालिका-२ बाकाचोलका वडाध्यक्ष सन्तवीर तामाङले गाउँपालिका अध्यक्षमा बागी उम्मेदवारी दिए । कांग्रेसका गाउँपालिका सभापति तामाङ विजयी त भएनन् तर गठबन्धनका उम्मेदवार हराउन उनको मत पर्याप्त भए ।

त्यसको फाइदा एमालेका गिरेन्द्र बहादुर राईले उठाए । तामाङका कारण गठबन्धनका उम्मेदवार श्रीबहादुर राई पराजित भए । तामाङले १००७ मत पाएका छन् । गिरेन्द्र बहादुरले २६०६ मत पाउँदा श्रीबहादुरले २४८० मत पाएका छन् । न्युजकारखाना

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ९ : ०८ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर