पोखराको मेयरमा गठबन्धन र उपमेयरमा एमालेले जित्ने सम्भावना « Khabarhub

पोखराको मेयरमा गठबन्धन र उपमेयरमा एमालेले जित्ने सम्भावना


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा : शुक्रबार दिउँसोसम्म गठबन्धनको अग्रता थियो । मेयरमा धनराज आचार्य ३ हजार भन्दा बढी मतान्तरले अघि हुँदा उपमेयरमा कोपीला रानाभाट करिव ५ सय मतले अघि थिइन् ।

शुक्रबार साँझदेखि उपमेयरको समीकरण फेरिएको छ । विस्तारै एमालेकी मन्जु गुरुङले अग्रता लिन थालिन् । अहिले अग्रतामा मात्रै छैन, फराकीलो भैसकेको छ । हालसम्मको नतिजा हेर्दा करिब मेयरमा गठबन्धन उम्मेद्वार धनराज आचार्य र उपमेयरमा एमाले उम्मेद्वार मन्जु गुरुङले जित हात पर्ने सम्भावना देखिएको छ ।

अहिले आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ३७  कायम राखेका छन् । १ लाख १२ हजार ५ सय ८० मत गणना हुदाँ आचार्यले ४५ हजार २७ मत पाए भने थापाले ४१ हजार ५ सय ९० मत ल्याएर पछ्याईरहेका छन् ।

राप्रपाका शंकर खरालले ४ हजार ९ सय ८७ मत ल्याउँदा स्वतन्त्र उमेद्वार लौरो चिन्हका खड्कराज पौडेलले २ सय ७ सय ५९ प्राप्त गरे ।उपमेयरमा गुरुङले ४७ हजार ३ सय २४ मत ल्याएकी छन् भने नेपाली कांग्रेसकी रानाभाटले ४४ हजार ९ सय ६४ मत ल्याइन् । उनीहरुबीचको मतान्तर २ हजार ३सय ६० पुगिसकेको छ ।

अब गणना हुन बाँकी रहेका वडाहरुमा एमालेको पकड छ । त्यसैले गुरुङको मतान्तर अझै बढ्ने आँकलन गरिएको छ । उपमेयरमै राप्रपाकी रन्जना सेनले ४ हजार ९ सय २७ मत प्राप्त गरेकी छन् । अब पोखरामा ३० हजार ६ सय ४६ मत गणना गर्न बाँकी छ ।

अहिले सम्म २४ वटा वडाको मतगणना सकिएको छ । जसमध्ये कांग्रेसले १७ र एमालेले ७ वडामा जीत दर्ता गरेको छ । अहिले पोखरा ११, १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को मतगणना जारी छ ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ९ : ३६ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने