काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, सिर्जना सिंहभन्दा स्थापित पछाडि « Khabarhub

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, सिर्जना सिंहभन्दा स्थापित पछाडि


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिएका बालेन्द्र साहले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन् ।

पछिल्लो मत परिणामअनुसार साहले ४१२७९ मत प्राप्त गरेका छन् । केही समयअघिसम्म दोस्रो स्थानमा रहेका नेकपा (एमाले) का उम्मेदवार केशव स्थापित अहिले भने तेस्रो स्थानमा झरेका छन् ।

केही समयअघिसम्म तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह अहिले भने दोस्रो स्थानमा उक्लेकी छिन् । उनले २३८५५ मत प्राप्त गरेकी छिन् । तेस्रो स्थानमा रहेका स्थापितले भने २३०२४ मत प्राप्त गरेका छन् ।

यता उपमेयरतर्फ भने नेकपा (एमाले) की सुनिता डंगोलले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेकी छिन् ।

पछिल्लो मतपरिणामअनुसार उनले ३८३५१ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का रामेश्‍वर श्रेष्ठले १३४३१ मत प्राप्त गरेका छन् ।

उपमेयर पदमा तेस्रो स्थानमा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले भने ७०२३ मत प्राप्त गरेकी छिन् । 

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १० : २१ बजे

बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ, १९ असारः जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई

खामेनीको अन्त्येष्टि अघि इरानद्वारा अमेरिकाको आलोचना, कफिनमा ‘रातो झण्डा’ ओढाइयो

काठमाडौँ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिको तयारी

रोनाल्डो र मोड्रिचको तस्बिर राख्दै सन्दीपले लेखे– ‘अन्तिम मिनेटको ड्रामा, उत्कृष्ट खेल’

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा, अर्को चरणमा स्पेनसँग भिड्ने

काठमाडौँ – इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले

अस्ट्रियालाई ३-० ले हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको उत्कृष्ट