काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित सिंहभन्दा हजार मतले पछाडि « Khabarhub

काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित सिंहभन्दा हजार मतले पछाडि


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिएका बालेन्द्र साहले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन्।

पछिल्लो मत परिणामअनुसार साहले४२ हजार ९०२ मत प्राप्त गरेका छन्। शनिबारसम्म दोस्रो स्थानमा रहेका नेकपा (एमाले) का उम्मेदवार केशव स्थापित शनिबार साँझदेखि तेस्रो स्थानमा झरेका छन्।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा उक्लेकी छिन्। उनले २४ हजार ८६७ मत प्राप्त गरेकी छिन्। तेस्रो स्थानमा रहेका स्थापितले भने २३ हजार ८५ मत प्राप्त गरेका छन्।

यता उपमेयरतर्फ भने एमालेकी सुनिता डंगोलले अग्रतालाई निरन्तरता दिइरहेकी छिन्।

पछिल्लो मतपरिणामअनुसार उनले ४२ हजार ४२८ मत प्राप्त गरेकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का रामेश्‍वर श्रेष्ठले १४ हजार २५५ मत प्राप्त गरेका छन्।

उपमेयर पदमा तेस्रो स्थानमा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले भने ७ हजार २३ मत प्राप्त गरेकी छिन्।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ५ : ५१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना