प्रधानपञ्चका विरोधीलाई मारेर फरार भएका चौधरी ३० वर्षपछि पक्राउ « Khabarhub

प्रधानपञ्चका विरोधीलाई मारेर फरार भएका चौधरी ३० वर्षपछि पक्राउ


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– उमेरले ४६ वर्षको उमेरमा हत्या गरेर फरार भएका एक व्यक्ति ३० वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका–११ मधुरी टोलका वीरबहादुर चौधरी छन् । उमेरले ७६ वर्ष पुगेका शाहीले अब कर्तव्य ज्यान मुद्दामा जन्म कैदको सजाय भुक्तान गर्नुपर्ने छ ।

चौधरीले २०३९ सालमा महागढीमाई नगरपालिका–५ का सुकदेव साहको घाँटी रेटेर हत्या गरेका थिए ।

स्थानीय गाउँ पञ्चायतको निर्वाचनका क्रममा २०३९ सालमा चौधरीले साहको हत्या गरेका थिए । तत्कालीन प्रधानपञ्चको उम्मेदवारी दिएका व्यक्तिको विरोध गरेको भन्दै चौधरीसहितका व्यक्तिले साहको हत्या गरेका थिए ।

साहको हत्यामा अर्का व्यक्ति पटेल साह सोनार पनि संलग्न थिए । उनी भने गतवर्ष भदौ ५ गते पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साहका हत्यामा संलग्न केही व्यक्ति अझै फरार छन् ।

साहविरुद्ध तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतले कर्तव्य ज्यान मुद्दामा १९ फागुन २०४३ मा २० वर्ष कैद सजाय सुनाएको थियो । पछि सर्वोच्च अदालतले पनि १७ असोज २०४५ मा क्षेत्रीय अदालतकै फैसला सदर गर्दै साहविरुद्ध २० वर्षको कैद सजाय सुनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ परेका चौधरीलाई फैसला कार्यान्वयनका लागि कारागार कार्यालय पर्सामा पठाइएको छ ।

३० वर्षदेखि प्रहरीलाई छक्याउँदै आएका चौधरी बुधबार भने नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका हुन् ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ५ : १० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु