भारतमा टुंगो नलागेपछि ‘प्रेम गीत ३’ को नेपालमा प्रदर्शन तय  « Khabarhub

भारतमा टुंगो नलागेपछि ‘प्रेम गीत ३’ को नेपालमा प्रदर्शन तय 


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत र नेपालमा एकसाथ प्रदर्शनमा आउने भनिएको फिल्म ‘प्रेम गीत ३’ नेपालमा भने असोज ७ गते प्रदर्शन हुने भएको छ ।

लामो समय देखि प्रदर्शन रोकिएको फिल्मले अन्ततः प्रदर्शन मिति तोकिएको हो  । बारम्बार मिति तोकेर पनि प्रदर्शन हुन नपाएको फिल्म  ‘प्रेमगीत ३’ ले अन्ततः बिदाको समय अर्थात् दशैँ रोजेको छ । स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र कृष्टिना गुरुङको मुख्य भूमिका रहेको छ । प्रेम गीत र प्रेम गीत २ पश्चात निर्माण गरिएको फिल्मलाई लिएर दर्शक उत्साहित छन् ।

भारतमा समेत प्रदर्शन गर्ने भनिएको फिल्म हिन्दीमा स्वरांकन गरिएको समेत निर्माण पक्षले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै आइरहेको थियो । यद्यपि भारतमा प्रदर्शनको टुंगो नलागेपछि फिल्म टिमले नेपाल प्रदर्शन गरेको बुझिएको छ ।

फिल्मलाई भारतमा प्रदर्शन गराउने व्यक्ति सम्पर्कमा नरहेपछि निर्माता सेन भारतमा फिल्म प्रदर्शन गर्ने प्रयासमा थिए । यद्यपि त्यसमा केही समय लाग्ने भएपछि फिल्मलाई नेपालमा रिलिज गर्ने तय गरिएको हो ।

‘फिल्मको भारतमा प्रदर्शन मिलाउने वा राइट्स लिन्छु भनेका व्यक्ति सम्पर्कमा नरहेपछि निर्माण पक्षले अन्य माध्यमबाट भारतमा प्रदर्शन गर्न खोजेता पनि त्यो सफल हुन् सकेको छैन’ स्रोतले भन्यो । यसका साथै दसैँमा परदेशी २ र हनी बनीले फिल्म रिलिज गर्ने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  २ : ४९ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनको प्रस्ताव पेस गर्ने तयारी

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पटक

जेनजीका नाममा सरकारी कार्यालयमा आगजनी : पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ 

विराटनगर– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा

‘सीप र कला कुनै जातको हुँदैन’

महोत्तरी– ‘सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

काठमाडौं – केही समयको आरामसँगै भारतका ब्याट्सम्यान विराट कोहलीले दक्षिण

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न