गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ- वरिष्ठ नेता पौडेल  | Khabarhub Khabarhub

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ- वरिष्ठ नेता पौडेल 


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनले प्रदेश र संघीय संसद्को निर्वाचनसम्म निरन्तरता पाउने बताएका छन् ।

संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउन गठबन्धन आवश्यक भएको भन्दै उनले गठबन्धलाई दुई तहकै निर्वाचनसम्मै लगिने बताए । तनहुँको व्यास नगरपालिकाको विजय र्‍यालीपछि सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले राजनीति र अहिलेको व्यवस्थालाई स्थायित्व दिएर मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन गठबन्धन अनिवार्य रहेको तर्क गरे ।  

सोही अवसरमा उनले व्याससहित तनहुँवासीलाई धन्यवाद ज्ञापन  पनि गरे । ‘व्यास नगरवासी र तनहुँवासीले मुलुक बचाउने, संविधान बचाउने र नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने अभियानमा कांग्रेसलाई जिताएर सहयोग गर्नुभएको छ । म आभार व्यक्त गर्दै धन्यवाद ज्ञपान गर्न चाहन्छु’, पौडेलले भने । 

उनले विकास र समृद्धिलाई अगाडि बढाउने र भ्रष्टाचार मुक्त नेपाल बनाउने आफ्नो अभियानमा व्यास नगरवासी र तनहुँवासीले होस्टेमा हैँसे थपिदिएको पनि बताए । 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  २ : ४० बजे

विकास–निर्माणका काममा सरकार क्रियाशील छ : मन्त्री शाही

ढोरपाटन– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वर्तमान सरकार विकास–निर्माणका काममा

प्रधानसेनापति खुला म्याराथनमा खड्का प्रथम

काठमाडौं– यस वर्षको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगितामाअन्तर्गत ४२ किमी

प्रतिरोधात्मक कर लगाउने राष्ट्रपति ट्रम्पको चेतावनी

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल

हुम्लामा हरेक दुई महिनामा निःशुल्क स्वास्थ्य शिविर

चङ्खेली– हुम्लाको चङ्खेली गाउँपालिकाले हरेक दुई महिनामा अनिवार्य निःशुल्क स्वास्थ्य

‘धरान रन’को उपाधि केन्याली धावकलाई

धरान– केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को