वीरगञ्ज महानगरमा गठबन्धनका सिंहको फराकिलो अग्रता « Khabarhub

वीरगञ्ज महानगरमा गठबन्धनका सिंहको फराकिलो अग्रता

एमालेका सरावगी १८ हजार ७५८ मतले पछाडि


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले निकटतम प्रतिस्पर्धीभन्दा १८ हजार ७५८ मतान्तरले अग्रता लिएका छन्।

गठबन्धनका उम्मेदवार सिंहले (चुनाव चिह्न छाता) ३८ हजार ४३७ मतसहित अग्रतालाई निरन्तरता दिएका हुन् भने नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीले १९ हजार ६७९ मतसहित उनी सँग प्रतिस्पर्धामा छन्। हालसम्म ७७ हजार ५५७ मतगणना भएको हो । 

महानगरपालिकामा हालसम्म विभिन्न १६ वडाको मात्र मतगणना सम्पन्न भएको छ भने ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाको मतपरिणाम आउन बाँकी छ ।

 महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का बीचको गठबन्धनबाट सिंह उम्मेदवार बनेका छन्। 

त्यस्तै नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको गठबन्धनबाट प्रमुखमा सरावगी उम्मेदवार बनेका हुन्। 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  २ : ५४ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको