अन्नपूर्ण गाउँपालिकाको पहिलो निर्णय : ५० प्रतिशत अनुदानमा सबैको स्वास्थ्य बिमा « Khabarhub

अन्नपूर्ण गाउँपालिकाको पहिलो निर्णय : ५० प्रतिशत अनुदानमा सबैको स्वास्थ्य बिमा


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीको अन्नपूर्ण गाउँपालिकाले पालिकाभरीका नागरिकको स्वास्थ्य बिमा ५० प्रतिशत अनुदानमा गरिदिने निर्णय गरेको छ ।

नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको पदबहालीका क्रममा अध्यक्ष विष्णु केसीले पालिकामा रहेका ६ हजार चार सय ६ घरपरिवारलाई प्रतिपरिवार तीन हजार पाँच सयमध्ये ५० प्रतिशत पालिकाले ब्यहोरिदिने निर्णय गरेका हुन् । यो निर्णयले पालिकाको वर्षेनी एक करोड १२ लाख रुपैयाँ बिमामै खर्च हुनेछ ।

पालिकाको आन्तरिक आम्दानी दुई करोड पनि छैन । संघ र प्रदेश सरकारको अनुदानमा निर्भर पालिकाले यतिधेरै रकम अनुदान दिने निर्णय गरेको हो । यो निर्णय कार्यपालिकाको पहिलो बैठकबाट अनुमोदन गराउने अध्यक्ष केसीले बताए । उनले अहिले आन्तरिक आम्दानी खासै नभए पनि बढाउने गरी योजना ल्याउने बताए ।

‘पर्यटन र प्राकृतिक श्रोत हाम्रो आम्दानीको प्रमुख आधार हुन् । धेरै श्रोत चलाउन सकेका छैनौँ,’ उनले भने, ‘पहिलै वर्ष पाँच करोड आन्तरिक श्रोत पुर्‍याउँछौं । त्यसका लागि होमवर्क सुरु भैसकेको छ ।’ उनले नागरिकको पक्षमा जनप्रतिनिधिले काम गर्नुपर्ने र त्यसकै उदाहरणका लागि स्वास्थ्य बिमा कार्यक्रम अघि सारेको जानकारी दिए ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ४ : ३२ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको